दुधको मूल्यमा प्रतिलिटर सात रुपैयाँंले वढयो, सवैतिर विरोध
फाल्गुन १, २०७८, आइतबार | विहान ०५:०१ बजे | 60
काठमाडौं । राष्टिय उपभोक्ता मञ्चले जथाभावी रुपमा दूधको मूल्य बढाइएको भन्दै आपती जनाएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति जारी गर्दै यस्तो आपति जनाइएको हो ।
प्रेस विज्ञप्ति
उपरोक्त बिषयमा बिगत केही समय देखि डेरी उद्योग तथा व्यवसायीहरुले दूधको मूल्य बढाउनको लागी दिंदै आएको दवावको बिचमा गत माघ १७ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले साविकको दूधको मूल्यमा ६।५२ रुपैयां प्रति लिटर बृध्दि गर्न दूग्ध बिकास बोर्डलाइ सहमति दिएकोमा नै राष्ट््िरय उपभोक्ता मन्चको कडा बिरोध रहेकोछ ।
सर्वसाधारण किसानले बिक्रि गर्ने दूधको मूल्य बढाउनको लागी मूल्यबृध्दि गरिएको भनेतापनि सर्वसाधारण किसानले बिगतमा पाउनु पर्ने ४९÷– प्रति लिटर नै नपाएको अवस्थामा पुनः ६ रुपैयां दिने भन्दै किसानलाई झुक्याउने र उपभोक्तालाई महंगीको मार खेप्न बाध्य बनाउन लागेकोमा बढेको मूल्य कार्यान्वयन गर्नको लागी दूग्ध बिकास संस्थान, लैनचौरलाई निर्देशन दिए बमोजिम मिति २०७८।१०।२८ गतेबाट लागु हुने गरी रु. ९।÷– प्रति लिटर बढाउने निर्णय संस्थानले गर्नु नितान्त गैरजिम्मेदार र बदनियतपूर्ण रहेकोछ । यस कुराको राष्ट््िरय उपभोक्ता मन्चले बिरोध गर्दै सरकारको निर्देशन भन्दा बढि मूल्य तोक्ने काम गरेकोमा संस्थानको व्यवस्थापन माथि आवश्यक कारवाही गरी पाउन नेपाल सरकार समक्ष मांग गर्दछ ।
साथै नेपालको प्रचलित नियम कानून अनुसार मानव उपयोगी दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दूधजन्य पदार्थमा सरकारको नीति निर्देशन बिपरित निजी क्षेत्रका डेरी उद्योग संघ तथा नेपाल डेरी एशोसियशनले सरकार र संस्थानले तोकेको मूल्यमा पनि १ रुपैया थप गरी १० रुपैया प्रति लिटर मूल्य बढाउने भनि सार्वजनिक रुपमा गरेको घोषणा र निर्णय प्रति घोर आपति जनाउदछौं । यस बिषयलाइ नेपाल सरकारले गम्भिरताका साथ लिई स्थापित नियम कानून तथा उपभोक्ता हित बिपरित कार्य गर्ने उद्योगी व्यवसायी माथि आवश्यक कानूनी कारवाही गरी पाउनको लागी यो बिज्ञप्ती मार्फत हार्दिक अपील गर्दछ ।
आम उपभोक्ता कहिल्यै पनि किसानको हित बिपरित हुंदैन, किसानले गर्ने खर्च र लागत रकम पाउनु पर्छ भन्ने पक्षमा रहेको यस मन्च रहेको स्पष्ट गराउन चाहन्छौं । तर घरमा एउटा गोठ र एउटा गाइ भैंसि समेत नभएका नामधारी किसानहरु अर्थात बिचौलियाहरुको दवावमा गरिएको यो मूल्यबृध्दिको पूर्णतः बिरोध गर्दै बढाएको मूल्य स्पष्ट रुपमा सर्वसाधारण किसानले पाउने ग्यारेण्टी गर्न र किसानले उचित रकम नपाएको अवस्थामा बढेको मूल्य भुक्तानी नगर्ने व्यवसायी माथि समेत कानूनी कारवाही गरी पाउनको लागी नेपाल सरकारसंग मांग गर्दछ ।
(प्रेमलाल महजन)
अध्यक्ष