सिन्धुपाल्चोकको पाङ्रेटारमा बिकाश निर्माण तीब्र रुपमा अघि बढदै
माघ २९, २०७८, शनिबार | दिउँसो ०३:४१ बजे | 40
सिन्धुपाल्चोक । बाग्मती प्रदेश ३ को बन तथा बाताबरण पूर्बमन्त्री एबम माननीय सरेश नेपालको पहलमा पाङ्रेटारभित्र रहेको ग्रामिण कृषी सडकहरुको स्थर उन्नतिको काम हुँदै आएको छ । वडा नम्बर ७ स्थित लप्से खोला पेड्कु सडक बाल्का पेड्कु सडक ७ किमि पेड्कु सडकहरुको सडकको मापदण्ड अनुसारको सडकको चौडा र नाला ग्यबिन मेसिनरी वाल साथै सडकमा ग्याबेल समेत गर्ने कार्य भैरहेको छ । सो कार्यको स्थलगत अनुगमन गर्दै वडा अध्यक्ष इस्वोर तिमल्सिनासहित सरोकारवाला ब्यक्तिहरु सोही निर्माणस्थलमा अनुगमन तथा निरीक्षण नियमित भैरहेको कुरा अध्यक्ष इस्वोर तिमल्सिनाले बताउन भयो भने पुर्ब बन तथा बाताबरण मन्त्री एबम माननीय सरेश नेपालले जनताको हरेक समस्या सुख दुखमा सडक सिंचाइ खानेपानी र स्वस्थ जनतासंग जोडिने र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुको लागी पहल गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ । अहिले निर्माणधिन पाङ्रेटारको प्राथमिक स्वस्थ केन्द्र पनि माननीय सरेश नेपालकै पहलमा निर्माण भएको कुरा बताउनुभएको छ ।