यीयी नेताहरु संलग्न भए अहिलेसम्म एमसीसी पास गराउनमा
माघ २९, २०७८, शनिबार | विहान ११:१३ बजे | 60
काठमाडौं । नेपालमा एमसीसी सहयोग प्राप्त गर्न यसको कम्प्याट सम्झौता भएसम्मको सम्झौता क्रम सार्वजनिक भएको छ । २०६८ माघमा तत्कालिन प्रधानमन्त्री डा बाबुराम भटराई अनि अर्थमन्त्री वर्षमान पुनःबाट सहभागी भएको यो क्रममा अहिलेसम्म दर्जनौ नेताहरु संलग्न भइसकेका छन् । पछिल्लो पटक २०७६ असोज १२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले आयोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए ।