आज विहानैदेखि अरनिको हाइवे किन अस्तव्यस्त भएको हो ?
माघ २९, २०७८, शनिबार | विहान ०७:५० बजे | 55
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको जगातीसम्म नै विहानैदेखि जामको जाम भएको छ । सवैतिर जाम वढ्दा घण्टौ लगाएर पनि यात्रुहरुले कोटेश्वरदेखि भक्तपुर सडक खण्ड पार गर्न सकिरहेका छन् । यसकारण यात्रुहरु विहानदेखि वाक्कदिक्क भएका छन् ।
सवैतिर जाम भएपछि राजमार्गको दुवै छेउको सर्भिस ट्याक प्रयोग गरिएको छ । तर पनि जाम हट्न सकेको छैन । दिसँंसो साढे १ बजे यो समाचार तयार पार्दासम्म सवैतिर जामैजाम छ ।
जाम भएपछि टाफिकका साथै प्रहरीसमेत परिचालित छ । तर पनि जाम हट्न सकेको छैन । मकर मेलामा जोनहरुको अत्याधिक भीडका कारण जाम भएको बताइएको छ । आज पनौतीमा लाग्ने मेलाको अन्तिम दिन हो । पनौतीको उक्त मेलामा पुग्न काठमाडौंमा पनौती पुग्ने यही एउटै मात्रै राजमार्ग हो ।