चुनावले छोयो राप्रपालाई सिन्धुपाल्चोकमा
माघ २६, २०७८, बुधबार | दिउँसो ०२:३७ बजे | 55
सिन्धुपाल्चोक । राप्रपा त्रिपुरासुन्दरी गाउँ पार्टी समिति वार्ड नम्बर ४ पिस्करमा बुधबार अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम पार्टी वडा अध्यक्ष जनक थामीको अध्यक्षतामा भएको थियो । राप्रपा जिल्ला समन्वय समिति पूर्ब सयोजक नारायणजङ पाण्डेको प्रमुख आथित्यतमा बिकासजङ्ग पाण्डे, मिठु पाण्डेको विषेस आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मोहनजङ्ग पाण्डे। राजकुमार थामीलगायतका पार्टीको अग्रज सदस्यहरुको उपस्थितमा सरेश पाण्डेको सकृयतामा भएको थियो । राप्रपाको अहिलेको नया घटनाक्रमसगै पार्टीलाई बिचलन हुन नदिन पार्टीको कार्यकर्ताको मनोभावना उच्च राख्न आगामी निर्बाचनलाई लक्षित गरी पार्टीको भाबी योजना पारित गरेको थियो । भाबी संगठनहरु गठन गर्दै पार्टीलाई ससक्त रुपमा अघि बढाउन यो अन्तरक्रिया भेलाको आयोजना गरेको प्रमुख अथिति नारायणजङ्ग पाण्डेले सो कार्यक्रममा बताउनुभयो विशेष अतिथि बिकास पाण्डेले राप्रपा पार्टी केन्द्रमा फुटे पनि त्यसको असर त्रिपुरासुन्दरी गाउ पार्टीभित्र नपर्ने कुरा सो कार्यक्रममा उपस्थित पार्टीको सुभचिन्तक सदस्यहरुलाई बिश्वास दिलाउनुभयो ।