जनतासँग नजिक हुने गतिविधि चालू राख्न आग्रह
माघ २६, २०७८, बुधबार | दिउँसो ०१:५० बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको एघारौं नगरसभाको पहिलो बैठक माघ २६ गते बस्यो ।
बैठक सुरु गर्नुहुँदै सभाध्यक्ष प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताउनुहुँदै जनतासँग नजिक हुने गतिविधि चालु राख्न आग्रह गर्नुभयो ।
विचार र सिद्धान्तमा अडिग रही इमानदारीपूर्वक जनताको सेवा गर्नु जनप्रतिनिधिहरुको कर्तव्य भएको बताउनुहुँदै प्रमुख प्रजापतिले सभामा सबै सदस्यहरुको सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो ।
संसदीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा दलीय हैसियतबाट चुनाव चिन्ह नदिने निर्वाचन आयोगबाट षड्यन्त्र भइरहेकोबारे सभासद्हरुलाई सचेत पार्दै घोषणापत्रअनुसार कार्य नगर्ने सबै राजनीतिक दलहरु पनि खारेज हुनुपर्ने बताउनुभयो ।
बैठकमा उहाँले नगरसभाको अर्को बैठक २०७८ माघ २७ गते बस्ने जानकारी गराउनुभयो ।