नेवाः साधना केन्द्र (मिसा पुचः) गठन


माघ २५, २०७८, मङ्गलबार | विहान ०८:२० बजे | 35


नेवाः साधना केन्द्र (मिसा पुचः) गठन

काठमाडौं । नेवाः साधना केन्द्र (मिसा पुचः) को स्थापना गरिएको छ । काठमाडौमा छरिएर रहेका महिलाहरु मिलेर यसको स्थापना गरिएको हो । काठमाडौंमा पछाडि परेका नेवार महिलाहरुलाई अगाडि ल्याउने उद्देश्यका साथ संस्था खोलिएको हो । महिलाहरुको राजधानीमा भएको भेलाले संस्थाको गठन गरिएको हो ।
संस्थाको कार्यालय काठमाडौंको वसुन्धारामा राखिएको छ । समाजसेवी सुन्दरमान श्रेष्ठले त्यसको लागि बसुन्धारास्थित आफनो घरको एउटा कोठा निःशुल्क उपलव्ध गराएका छन् । साथै कार्यालयको लागि आवश्यक फनिर्चरलगायका भौतिक सामाग्री पनि उपलव्ध गराइ सहयोग गर्ने समाजसेवी सुन्दरमानले भेलामा बताएका छन् ।

[[img2]]
संस्थाका संस्थापक सुन्दरमानले काठमाडौंमा पिछडिएका नेवार महिलाहरुलाई अगाडि वढाउन संस्थाको स्थापना गरिएको बताए । संस्थाको दर्ता प्रक्रिया सुरु भएको र दर्ता भएपछि कार्यक्रमहरु गर्दै लाने योजना रहेको उनले सुनाए ।
संस्थाका सवैजना महिला मात्रै छन् । अध्यक्षदेखि सदस्यहरुसम्म सवै महिला मात्रै हुने छन् । संस्थाको पदाधिकारीहरु भने तोकिएको छैन । पहिलो चरणमा नौ सदस्यीय समिति गठन गरी पदाधिकारी तोक्ने जनाइएको छ । हाललाई संस्था गठन गरी उदघाटन मात्रै गरिएको हो ।

फाेटाेमा हेर्नुहाेस्...

नेवाः साधना केन्द्र (मिसा पुचः) गठन

Comments