नेकमा एकदिने टाक्सिडर्मी कार्यशाला सम्पन्न


माघ २५, २०७८, मङ्गलबार | विहान ०८:१३ बजे | 5


नेकमा एकदिने टाक्सिडर्मी कार्यशाला सम्पन्न

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) को स्नातकोत्तर अध्ययन केन्द्र नेक सिपिएसको एमएस्सी प्राकृतिक श्रोत ब्यबस्थापन संकायको आयोजनामा एकदिने टाक्सिडर्मी सम्वन्धी कार्यशाला सम्पन्न भएकोछ। कार्यक्रममा प्रमुख अतिथि जर्मनीस्थित एर्फोर्ट प्राकृतिक सङ्ग्रहालयका टाक्सिडर्मी विशेषज्ञमा र्कोफिस्चेरले टाक्सिडर्मीको  बैज्ञानीक महत्वबारे माचर्चा गर्नुभयो। उनले टाक्सिडर्मी एक संकलन मात्र नभई कला र अनुसन्धानको एवं जैबिक बिविधता संरक्षण शिक्षाको निम्ती महत्वपूर्ण बिधारहेकोबारे व्याख्या गर्नुभयो।टाक्सिडर्मीको बिभिन्न पक्षका साथै प्राकृतिक सङ्ग्रहालयले जैबिक बिविधता संरक्षण शिक्षामा दिने योगदानबारे केन्द्रित उक्त कार्यशालामा नेक सिपिएसएमएस्सी प्राकृतिक श्रोत ब्यबस्थापन संकाय सन्योजक डा.नारायणप्रसाद कोजुले कार्यक्रमको बारेमा जानकारी दिनुभयो।कार्यक्रममा  भौतिक रुपमा उपस्थित एवं अनलाइन सहभागिहरूलाई अन्जनसोडारीले स्वागत गर्नुभएको थियो।


कलेजका प्रचार्य प्रा.डा.हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको यस कार्यक्रममा उहाँले सबैलाई धन्यबाद दिँदै नेकले यस्ता कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने र आगामी दिनमा यस्तै प्रकारको तालिम एवं गोष्ठी गर्न सहयोग गर्नेमा जोड दिनुभयो। कार्यक्रमा भौतिक र अनलाइन गरेर नेक सिपिएसएमएस्सी प्राकृतिक श्रोत ब्यबस्थापन संकाय, त्रिभुवन विश्वविद्यालयका बिभिन्न कलेजका बिद्यार्थी र प्राध्यापकहरूकोसमेत सहभागिता थियो।

Comments