श्री सेतीदेबी शारदा माध्यामिक बिद्यालयको ७० औ बार्षिकोत्सब समारोह सम्पन्न
माघ २४, २०७८, सोमबार | दिउँसो ०२:१३ बजे | 20
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वार्ड नम्बर ७ पाङ्ग्रे टारमा स्थापित श्री सेतीदेबी शारदा मा बि को ७० औ बार्षिकोत्सब समारोह बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर तिमल्सिनाको सभापतित्वमा समाज सेबी टपेन्द्र तिमल्सिनाको प्रमुख आथित्यतामा सम्पन्न भयो । कार्यक्रममा सुनकोशी गाउँपालिका शिक्षा साखाको अधिकृत निम बुढाथोकी, सुनकोशी बहुमुखी कलेजको अध्यक्ष सुकदेब तिमल्सिनाको विशेष आथितेता भएको थियो । बिद्यालय व्यवस्थापन समितिका सदस्यहरु शिक्षकशिक्षिकाहरु अभिभावकहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि टपेन्द्र तिमल्सिनाले सामुदायिक बिद्यालयहरुले अबको दिनमा निजी बिद्यालय सो सरह अङ्ग्रेजी माद्यामबाट बिद्यालय पठनपाठन अगाडि बढाउने कुरामा जोड दिदै शैक्षिक गुणस्तर कायम गर्दै बिद्यालयको स्तर उन्नति हुदै जानुपर्छ भन्ने कुरा व्यक्त गर्नु भयो भने सुकदेब तिमल्सिनाले यो बिद्यालयलाई स्थापनाकालदेखि नै सहयोग समुदायहरुबाट हुदै आजको यो अबस्थामा बिद्यालय आइपुगेको र मा बि बनाउन पुर्बाधार तयार गर्न समुदाय अभिभावक सबैको योगदान रहदै आएकोले अझै बिद्यालयको प्रगति उन्नति प्रति सुभकामना दिनुभयो । बि ब्या स अध्यक्ष ईश्वर तिमल्सिनाले यस बिद्यालयलाई सहयोग पुयाउनु हुने समुदाय, अभिभावक, सहयोगीदाता, बि ब्या स शिक्षक, शिक्षिकाहरुलाई धन्यवाद दिदै कार्यक्रमलाई बिसर्जन गर्नुभएको थियो ।