गाँठो कविता माथी टिप्पणी


माघ २४, २०७८, सोमबार | विहान ०३:२१ बजे | 20


गाँठो  कविता  माथी  टिप्पणी

सुनील  सापकोटा

जन्म र मृत्य दुई नदीका किनारमा
साना–ठुला नाना प्रकारका गाँठो ।

सबैले आफ्नो गाँस बास कपासको लागि
आफ्नै परिश्रमले फुकाल्नु पर्छ गाँठो ।

आफन्तको जमघट खुसियालिको साथ
विवाह–मण्डपमा कसिन्छ लगन गाँठो ।

विडम्वना पारपाचुकेको  निर्णयमा
फुकालिन्छ कसिएको त्यो लगने गाँठो।

स्वास्थ उपचारका बिबिध कार्यमा
खोलिन्छ नगदको कसिएको गाँठो ।

कर्मकाण्डीहरुको घाँटीको जनैमा
आधुनिक पहिरनमा घाँटीमा टाईको गाँठो ।

सम्झौता संशोधन या स्वीकृत गर्ने संसदमा
एमसीसी राष्ट्रकै घाँटीमा अड्केको फाँसीको गाँठो ।
 
बुझ्न गाह्रो भो किन कोहि मरिहत्ते गर्छ
देशै भडखालोमा हाल्ने कसिएको गाँठो ।

मृत्यु शैयाको चीर निन्द्रामा पल्टि सकेकालाई
रामनामि कपडामा बेरिएको कात्रोको गाँठो ।
                
आज मिति २०७८ माध २० गतेका  दिन एबिसीडी अनलाइन खबर मा भक्तपुरका कवि एवं साहित्यकार डा. इन्दुल केसीज्यूको नयाँ कविता आएको देखें ।  नेपाली जनताको  समसामयिक सामाजिक एवं  राजनैतिक अवस्था बारे  प्रकाशित भएको उक्त सुन्दर कवितामा मलाई लागेका केही कुराहरु  यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु। कवि  केसीजी साहित्यकार मात्र न भइ पत्रकार , प्राकृतिक चिकित्सक , दार्शनिक , एवं बहुआयामिक  ब्यक्तित्वका धनी पनि हुनुहुन्छ । वहाँले लेखेका  चार पाँच वटा पुस्तकहरु लाई मैले पढने मौका पाएको छु ।
वहाँको प्रस्तुत  गाँठो शिर्षकको  कवितामा मानिसको जीवनमा  चारैतिर सुख दुःखका  गाँठै गाँठा परिरहेका हुन्छन् भन्ने कुरालाई  कविजीले इंगित गर्नु भएको छ । यो कविताको गाँठोू  शब्दले कुनै स्थानमा स्थाइ रुपमा रहने  कुनै वस्तुगत तथा भावनात्मक सन्दर्भहरु बुझाउँछ  । यो कविता अमूर्त छ । नेपालको समसामयिक राजनीति लाई  व्यंग्य गरेको  छ । तर यो बहुआयामिक पनि छ । हेर्दा सरल लाग्छ तर छायावादमा आधारित कविता हो जस्तो मलाई  लाग्यो।
गाँठो जेको पनि हुन सक्छ ।  मानिसको जीवनमा भावनात्मक रुपमा  दुस्खको , प्रेमको , प्रतीक्षाको ,पिडाको , चिन्ताको गाँठो हुन्छन भने भौतिकरुपमा चाहिँ नाता सम्बन्धको , धन सम्पतिको आदिको गाँठो कसिएर बसेको हुन्छ भन्ने कुरा कविताको भाव हो जस्तो मलाई लाग्छ । धेरै के लेखुँ । आगामी दिनहरुमा  कविजीले येस्तै सुन्दर कविताहरु पस्किनु हुनेछ र हामी पाठकहरुले त्यस्को स्वाद लिन पाउनेछौं भन्ने आशा राख्दै कवि लाई मेरो साधुवाद

Comments

ताजा खबर