कमलविनायकको रोम्वस स्कुलको भबन शिलान्यास


माघ २३, २०७८, आइतबार | विहान ०६:१० बजे | 35


कमलविनायकको रोम्वस स्कुलको भबन शिलान्यास

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलको भवन आइतबार एक कार्यक्रमवीच शिलान्यास गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले श्रीपञ्चमीको अवसरमा भवनको शिलान्यास गरेका हुन् । भबन जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीमा पर्छ ।
कार्यक्रममा मन्त्री भँंडेलले समस्या र चुनौतीका बाबजुद पनि अघि बढ्न सक्ने मात्र सफल हुने भएकाले संघर्ष गर्न छोड्न नहुने बताए । मन्त्री भडेलले सहमति र सहकार्य र एकताले सफलता पाउने भएकाले अहंकारको भावना त्याग गर्नु जरुरी रहेको उल्लेख गरे । उनले विद्यालयको विकासका लागि आफूले पनि सहयोग गर्ने प्रतिवद्दता जनाउँदै विद्यालयको सफलताको कामना गरे।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतले भक्तपुरमा स्थापित शिक्षाकर्मी डा राजेन्द्र कोजूको नेतृत्वको रोम्बस स्कूलले सफलता पाउँदै गरेको चर्चा गर्दै भवन शिलान्यासले भक्तपुरलाई शैक्षिक केन्द्र बनाउन सहयोग पुग्ने बताए ।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का जीवन खत्रीले नयाँ पिँढीमा विदेश मोह बढिरहेको चिन्ताको विषय भएको बताउँदै विद्यार्थीमा नैतिक शिक्षा दिनु जरुरी रहेकोमा जोड दिए। उनले रोम्बस स्कुलको सफलताको कामना गर्दै भक्तपुरको शैक्षिक विकासका लागि सबै लाग्नुपर्ने बताए ।
चाँगुनारायण नपा ५ का वडाध्यक्ष जयन्द्र खड्काले विद्यालयको सफलताको कामना गर्दै शैक्षिक क्षेत्रको उन्नयनका लागि रोम्बसको योगदान इतिहासले सम्झिरहने बताए। कार्यक्रममा समदर्शी बचत तथा ऋण सहकारी संस्थाका सचिव विश्वबहादुर दुवालले शिक्षा क्षेत्रमा थुप्रै गुनासो रहेको उल्लेख गर्दै रोम्बस स्कुलको प्रयासले शिक्षा क्षेत्रको सुधारका लागि भूमिका खेलिरहेको बताए।
विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजूले विद्यालयको आफ्नै भवन बनाउने क्रममा भवनको शिलान्यास गरिएकोे बताए । उनले हाल विद्यालयमा ६ सय ३३ जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिँदै २०७० साल फागुन ७ गतेबाट विद्यालय सुरू गरिएको बताए । उनले विद्यालयले आठ वर्षकोबीचमा थुप्रै उतारचढाव झेलेको बताउँदै विद्यालय स्थापनाको पृष्ठभूमिबारे जानकारी दिए । हाल विद्यालय ६ वटा भवनबाट सञ्चालनमा रहेको कार्यक्रममा बताइयो । भवनको डिजाइन भक्तपुरस्थित मेथड कन्सल्टेन्सी कमलविनायकले गरेको हो ।

Comments