- Post Date 2022-02-06 06:52:19

सुनील सापकोटा
आज सरस्वती पूजा हो। म आफ्नो गाउँको बाल्यकाल जिवनका ती विगतका दिनहरु सम्झिंदै छु , जो ज्यादै रमाइलो हुन्थ्यो । हामी केटाकेटीहरुको लागि त्यसबेलाको स्कुले जीवनमा सरस्वति पूजा हाम्रो लागी एउटा ठुलो चाड थियो । सरस्वती पूजाका दिन दिनभरि गाउँका स्कुलहरु चाहार्नु , प्रसादिको रुपमा बुनियाँ , लड्डु , पेंडा र फलफूलहरु खानु । साथिहरु सङ सिनेमा हेर्न जानु र अबेर रात सम्म स्कुलमा मनोरंजनको लागि नाँच गान र सांस्कृतिक कार्यक्रम गर्नु मेरो लागि त्यो दिन एउटा मजा र आनंदको दिन हुने गर्दथ्यो। सरस्वती पूजा आउँनु भन्दा पन्द्र बिस दिन अगाडी देखि र पछी सम्म सरस्वती को मूर्ति लाई नदिमा नसेलाए सम्मका दिनहरु मेरो लागी बडो मस्तिको दिनहरु हुने गर्दथ्यो ।
हामी हिन्दु धर्मावलम्बीहरु को तीन देवीहरु (लक्ष्मी, दुर्गा , सरस्वती ) मध्ये सरस्वती एक हुन। हिन्दु धर्मावलम्बीहरु लक्ष्मी लाई धनको , दुर्गा लाई शक्तिको र सरस्वती लाई बिद्या र कलाहरु जान्ने देवीको रुपमा मान्दछन्।
हिन्दु धर्मावलम्बीको कुनै पुराणहरुले सरस्वती लाई ब्रह्माको मानस पुत्री मान्छ भने कुनै पुराणले ब्रह्माको पत्नी। खैर ... जे भने पनि इतिहासकार र अनुसन्धानकर्ताहरुको भनाइमा वस्तुतः सरस्वती वैदिककालको एउटा नदि हो , जो प्राकृतिक दुर्घटनाहरु ( बाढि , भूक्षय , सुख्खा , भुकम्प आदि ) ले कुनैबेला विलुप्त भएको हुँदा त्यस्को सम्झनामा गर्दा प्रतिकको रुपमा आज मानविय कारण गरिएको हो अरे। उनिहरुको भनाइमा हाम्रो प्राचीन आर्य सभ्यता र संस्कृतिको केन्द्र त्यो बेला आजको विलुप्त नदिको उत्तर र उत्तर – पश्चिम भारतमा थियो अरे।
त्यो प्राचिनकालमा तत्कालीन आर्य सभ्यताको सारा घरहरु, गढहरु, नगरहरु , ब्यापारिक र व्यावसायिक केन्द्रहरू , धर्म, अध्यात्म , कला, संगीत र चिकित्सा केन्द्रहरु यहि सरस्वती नदिको किनारमा नै थियो । सरस्वती नदिको बाटो हुँदै अरब सागर मार्फत दुनियाँका अरु देशहरुमा आर्य ब्यापारिहरु को ब्यापार र लेनदेन हुन्थ्यो । त्यो युगको तमाम शिक्षण संस्थाहरु , ऋषिहरुको तपोभूमीका साथै योगि र पाण्डितहरुको बसोवास र आश्रमहरु यहि सरस्वती नदिको किनारमा नै थियो अरे। ऋग्वेदमा ठाउँ ठाउँमा सरस्वती लाई नदिको रुपमा वर्णन , स्तुति , श्रद्धा गरेको पाइन्छ । देवीको रुपमा सरस्वतिको कुनै चर्चा पाइदैन। सरस्वती नदिको मानवियकरण पछी ब्राह्मणहरुले पुराणहरुमा लेखेका हुन। जो काल्पनिक र एउटा मिथक हो ।
धेरै अगाडी देखि हामी हिन्दुहरुले आजको दिन लाई एउटा स्मृतिको रुपमा नदिलाई मानव प्रतिकको रुपमा मानवियकरण गरी देवी सरस्वतीको जन्मोत्सवको उत्सव गर्दै आएको पाइन्छ। सरस्वतिको पूजा वस्तुतः हामी हिन्दु आर्यहरुको त्यो बेलाको सभ्यता – संस्कृति , ज्ञान – विज्ञान , गीत – संगीत , धर्म– अध्यात्म आदिको भूमिकाको प्रति हाम्रो कृतज्ञताको एउटा अभिव्यक्ति हो जस्तो मलाइ लाग्छ । धेरै लेख्दिन ।...
All Comments.......
Please Login/Register To Comments