सिन्धुपाल्चोकको ठाउँंठाउँंमा हिमपात, जनजीवन कष्टकर
माघ २२, २०७८, शनिबार | विहान ०६:२५ बजे | 70
सिन्धुपाल्चोक जिल्लामा बिहिवारदेखि परेको झरी (भारी बर्षात) को कारण अधिकाम्स भागमा हिमपात भएको छ । शिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका, बार्बिसे नपा, त्रिपूरासुन्दरी गापा, लिसन्खुपाखर गापा, जुगल गापा, चौसागढी नपा, पाचपोखरी गापा, हेलम्बु गापालगायतको ठाउहरुमा हिमपातको कारण जनजीबन कष्टकर बनेको छ । साथै दोलखा जिल्लाको खरी ढुङ्गामा परेको हिमपातको कारण यातायात नै आवातजावत बन्द भएको छ । साथै सुनकोशी गापा समेतमा हिमपात भएको छ ।