भक्तपुर विद्युतको वेवास्ता
माघ २२, २०७८, शनिबार | विहान ०३:१० बजे | 55
भक्तपुर । नेपाल विद्युत प्राधीकरण भक्तपुर वितरण केन्द्र दुधपाटी भक्तपुरको वेवास्ताले क्षति हुने क्रम अझै रोकिएको छैन । पछिल्लो पटक मात्रै यही कारण एउटा मिनिटकमा क्षति पुगेको छ । सडक छेउ रोकिराखेको मिनिटकमा पोल ढलेर मिनिटक नै कच्याककुचुक हुने गरी विग्रेको छ । यसबाट लाखौं रुपैयाँंको क्षति पुगेको छ । भक्तपुर विद्युतको वेवास्ताले जनताको सम्पति कहिलेसम्म यसरी नष्ट भइरहने ?