नगरकोटमा हिउँं सोहर्दै डोजर, एक फिटसम्म हिउँं


माघ २१, २०७८, शुक्रबार | विहान ११:३७ बजे | 40


नगरकोटमा हिउँं सोहर्दै डोजर, एक फिटसम्म हिउँं

भक्तपुर । अत्याधिक हिउँं परेर सडक अवरुद्ध भएपछि शुक्रबार भक्तपुरको नगरकोटमा डोजरले हिउँं सोहरेको छ । नगरकोटमा शुक्रबार एक फिटसम्म हिउँं परेको थियो । दिनको एक बजेदेखि साढे तीन बजेसम्म त्यहाँं हिउ परेको थियो । हिउँं परेको त्यहाँं हिउ खेल्न धेरै मानिसहरु पुगेका थिए ।
साथीहरुको समूहमा हिउँं खेल्न पुगेका भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवालका अनुसार साँंझ साढे तीन बजेसम्म त्यहाँं निरन्तर हिउँं परेको थियो । ११ वर्षपछि यहाँं एक फिटसम्म हिउँ.परेको स्थानीयले जनाए ।
नगरकोट काठमाडौंबाट नजिकको ठाउँं हो । त्यस कारण हिउँं खेल्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेसहितबाट यहाँं हिउँं खेल्न आउनेहरु देखिएको थियो । केही दिन अगाडि पनि त्यहाँं सामान्य हिउँं परेको थियो ।
नगरकोट भक्तपुरको एउटा मुख्य पर्यटकीय गन्तव्यको ठाउँं हो । नगरकोटका साथै शुक्रबार काठमाडौं उपत्यकाको चन्द्रागिरीमा पनि हिउँं परेको थियो । साथै घयाम्पेडाँंडामा पनि हिउँं परेको बताइएको छ ।   
तस्वीर सौजन्य ः इन्जिनियर कृष्णभक्त दुवाल ।


Comments