सिन्धुको सान बातबरण संरक्षण गर्ने अभियन निरन्तर
माघ २१, २०७८, शुक्रबार | विहान १०:५६ बजे | 45
सिन्धुपाल्चोक । सिन्धुको सान नदी, सडक, घर, आगन, टोल सफा र स्वच्छ राख्ने माहाअभियान भन्ने मुल नारासहित सुरु गरिएको अभियान शुक्रबार पनि निरन्तर रुपमा अघि बढिरहेको छ । डिभिजन बन कार्यलयको सहयोगमा सामुदायिक बन उपभोक्ता माहासघ नेपाल, सुनकोशी गाउँपालिका माहासघको आयोजनामा ्सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वार्ड नम्बर २ उखुबारीमा सर्सफाइ अभियान चलेको हो । निरंतरता दिन सामुदायिक बन उपभोक्ता माहासघ नेपाल सुनकोशी गाउँपालिका माहासघको अध्यक्ष ढक प्यकुरेलको अध्यक्षतामा बन बाताबरण संरक्षण सम्बन्धि बन डडेलो नियन्त्रण गर्ने बाताबरण सम्बन्धी सरसफाइमा जोड दिदै सचेतनामुलक अन्तरक्रिया गोष्ठी सप्पन्न भएको छ । यो कोभिडको माहामारीमा पनि सामुदायिक बन उपभोक्ता माहासघ नेपाल सुनकोसी गाउँपालिका माहासघले वातावरण स्वच्छ र सफा रहे आम नागरिकको जीबनमा स्वस्थ पनि स्वच्छ र सफा रहन्छ भन्ने कुरामा जोड दिदै आएको छ । यो माहान सरसफाइ अभियानलाई निरन्तर रुपमा सबै समुह समुदायहरुमा सचेतना जगाइ सिन्धुको आह्वान सिन्धुपाल्चोक जिल्ला स्वच्छ सफा हराभरा राख्ने यो माहान अभियानले अस्तव्यस्त फोहोरलाई जिरोमा पुयाउन सम्पुर्ण स्थानीय सरकार, व्यावसायिक, नागरिक समाज, बुद्धिजिबी सरोकारवालाहरुमा माहासघको अध्यक्ष ढक प्यकुरेलले अनुरोध गर्नुभयो ।