सुनकोशी, ब्राह्मयणी, भोटेकोसी नदी सफा राख्ने अभियान सुरु


माघ २१, २०७८, शुक्रबार | विहान ०५:५१ बजे | 40


सुनकोशी, ब्राह्मयणी, भोटेकोसी नदी सफा राख्ने अभियान सुरु

सिन्धुपाल्चोक । सिन्धुको सान सुनकोशी नदी, भोटेकोसी नदी, ब्राह्मणी नदी, अरनिको राजमार्ग स्वच्छ र सफा राख्ने अभियान थालिएको छ । सिन्धुपाल्चोक जिल्ला सामुदायिक बन उपभोक्ता माहासघ नेपाल सुनकोशी गाउँ माहासङको अध्यक्ष ढकप्रासद प्यकुरेल र सिन्धु पर्यटन ब्यबसाय सघको सचिब अन्जन खड्काको सयुक्त अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको प्रमुख लोकराज नेपालको प्रमुख आथित्यतामा डिभिजन कार्यलयको अधिकृत जियालाल यादब, सामुदायिक बन उपभोक्ता माहासघ नेपाल चौतारा साङाचोक गढी नगर माहसघको अध्यक्ष जनकराज गिरी, सुन्कोशी माहसघको देबेन्द्र कार्की राम थापा, होटल व्यावसायीहरु बैठकमा सहभागी थिए । सुनकोशी रिभर साइड, सुकुटे रिभर फन सुकुटेबीच, भोटेकोसीबीच, होटल सुकुटे, रिभर बे रयाफ्टिङ एण्ड रिसोर्ट सुकुटे एन्ड श्रेष्ठ रिसोर्टहरुको उपस्थितिमा बैठक भएको थियो । बाताबरण संरक्षण सम्बन्धी सरसफाइ, डस्बिन, होर्डिङ बोर्ड, फोहोर ब्यबस्थापन केन्द्र स्थापना गर्नेलगायतको बिषयमा छलफल भै निर्णय भएको हो । सुन्कोशी नदी, भोटेकोसी नदी, ब्राह्मयणी नदी,अरनिको राजमार्गलाई स्वच्छ सफा र फोहोरमुक्त क्षेत्र राख्न प्लास्टिकजन्य फोहोरहरु नियन्त्रण गर्ने विषयमा केन्द्रित बैठकले आगामी १५ दिनभित्रमा सडक लाइनको होटल ब्याबसायिकहरुले आफ्नो होटल आस्पासमा डस्बिन राख्ने होर्डिङ बोर्डहरु राख्ने र आफ्नु एरियाभित्र ब्याबसायीले नै सफा र स्वच्छ राख्ने बिषयमा एतिहासिक निर्णय भयको छ । सामुदायिक बन उपभोक्ता माहासघ नेपाल सुनकोसी गाउँपालिकाको आयोजनामा सिन्धुको सान सुनकोशी, ब्राह्मयणी, भोटेकोसी नदी अरनिको राजमार्ग स्वच्छ सफा राख्ने हाम्रो अभियान भन्ने मुल नारासहित सुरु भएको माहान अभियानलाई निरंतरता दिन आज बसेको संयुक्त भैठक अन्तरक्रिया छ्लफलबाट निर्णय भएको छ ।

Comments