भक्तपुरमा बृद्धभता वितरण सुरु (हेर्नुहोस् कहिले कताकताबाट वितरण हुँंदैछ ?)


माघ २१, २०७८, शुक्रबार | विहान ०३:३२ बजे | 55


भक्तपुरमा बृद्धभता वितरण सुरु (हेर्नुहोस् कहिले कताकताबाट वितरण हुँंदैछ ?)

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा बिहीबारदेखि बृद्धभता वितरण सुरु भएको छ । पहिलो दिन नेपाल वैंक लिमिटेड व्यासी, सिद्धार्थ बैंक तलेजु मार्ट, सनराइज बैंक सुकुलढोका, प्राइम बैंक च्याम्हासिंह र ग्लोबल आइएमई बैंक कमलविनायक भक्तपुरबाट भता वितरण गरिएको छ । साथै बिहीबार नै भक्तपुर नगरपालिकाको कार्यालय भबन व्यासीको बैक काउण्टर र तलेजु बैक्वेट राममन्दिरबाट पनि भता वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७८।७९ को सामाजिक सुरक्षा भता तथा आर्थिक सहायता रकम अन्तर्गत दोश्रो त्रैमासिक (२०७८ कार्तिक, मंसिर र पुस महिनाको) तीन महिनाको भता वितरण गरिएको हो । भता शुक्रबार,पनि वितरण गरिने नगरपालिकाले जनाएको छ । भता विभिन्न ठाउँंहरुमा विभिन्न दिनमा गरी माघ २५ गते मंगलबारसम्म वितरण गरिने जनाइएको छ । भता लिन नआउनेहरुको हकमा बैंक खातामा भता रकम जम्मा हुने सूचनामा जनाइएको छ । 

Comments