बुष्टर डोजपछिको सङ्क्रमण ः सकारात्मक सोच र समय धेरै कुराको औषधि पनि हो
- Post Date 2022-02-02 21:14:45

कृपासुर कार्की
हामी अहिले कोभिड १९ को तेस्रो लहर
उच्चतम् बिन्दुतिर जानेक्रमको अवस्थामा छौं। हाम्रो देशमा प्रतिदिन
१००००–१२००० व्यक्तिमा सङ्क्रमण देखिएको छ। परीक्षणको सङ्ख्याको आधारमा
सङ्क्रमण पचास प्रतिशतभन्दा माथि नै देखिएको छ । मुलुक पुनः स्मार्ट
लकडाउनमा गएको छ । सरकारी कार्यालयहरूले दिने सेवाहरू कटौती भएको अवस्था छ ।
सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ । सरकारले कानूनीरूपमा मिति
२०७८।२। २ देखि बुष्टर डोज लगाउने भने पनि पहूँच पुग्नेहरूले १र२ महिना
अघिदेखि नै अनौपचारिकरूपमा उक्त डोज लगाइसकेका छन् । सरकारको उक्त
निर्णयपछि औपचारिकरूपले हाम्रो बुष्टर डोज लाउने पालो आयो। यही क्रममा मैले
मिति २०७८र१०र५ मा कोभिशिल्डको बुष्टर डोज लगाएको थिएँ भने पत्नी कौशिला र
जेठी छोरी अभिधाले मिति २०७८र१०र६ मा भेरोशिलको बुष्टरडोज लगाएका थिए। खोप
लगाएकै दिनदेखि पत्नी र छोरीलाई जीउ दुख्ने र सामान्य रूघाखोकी सहितको
ज्वरो शुरू भयो ओछ्यान नै पर्ने गरी । उनीहरू एकान्तबासमा गए ।
मलाई त्यो दिनसम्म त्यस्तो केही भएको थिएन । पत्नी कौशिला र छोरी अभिधालाई लक्षण देखिएको एकदिनपछि मलाई पनि लक्षण देखिन शुरू भयो । सुई हानेको हात अलिअलि दुखेकै थियो । टाउको ठीकठीकै दुख्न थाल्यो । जीउले ज्वरो अनुभव गरेको अवस्था थियो । थुक निल्न नहुने गरी र बोल्न पनि नहुने गरी घाँटी दुखेको थियो । मेरोचाहिं बिमारी घाँटीमा केन्द्रित भएको थियो । ज्वरो रूघाखोकि भने सामान्य अवस्थामा छेउमा बसेका थिए । यही कारणले मैले कति मोवाइल कल त उठाइन पनि र म्यासेज गरें ।
सानी छोरी र सानो छोरो अलग्गै कोठामा रहँदारहँदै पनि तिनमासमेत ज्वरो र रूघाखोकि देखियो । शुक्रवार र शनिवार परिवारका सबैजना झ्याप्पै सुत्यौं । पूरै लक्षण नमिले पनि सबैमा सङ्क्रमणका जस्तै लक्षण देखिए । हामीले जोखिम मोल्ने अवस्था पनि भएन । घर नै आइसोलेसन सेन्टरमा परिणत भएको अवस्था थियो ।
कोभिड १९ को पहिलो र दोस्रो लहरको सङ्क्रमणबाट हाम्रो परिवारले जोगिने शौभाग्य पाएको थियो । तर यसपटक भने हाम्रो सुरक्षित बस्ने प्रयत्न सम्पूर्णतः असफल भयो । यसपटक सङ्क्रमणबाट बँच्न सकिएन।
परिवारका सबै सदस्य बिमारी भए पनि केही त खानै परेको थियो । आमा र पत्नी हुनुको नाताले कौशिला नै तात्नु परेको थियो – खाना बनाउँनका लागि । पानी तताउने र जाउलो पकाउने काम सकिनसकी कौशिलाले नै गरिन् । उनले दुई दिनपछि उठेर घरका नियमित काममा फर्किन कर लाग्यो । यो एउटा वाध्यता थियो । कसैलाई भनिएन । भन्दा नै पनि को आउँने सम्भावना होला र सहयोगका लागि यस्तो वेलामा काठमाण्डू शहरमा । समग्रमा शहरका मान्छे कस्ता छन् शहर बस्ने सबैलाई थाहा छ । समयको यो कालखण्ड मानवीयता हराउँदै गएको कालखण्ड पनि हो कि जस्तो लाग्छ मलाई । त्यसैले जे सकिन्छ आफैंले गरियो । सक्तै नसकेको भए एकथोक हुन्थ्यो होला । जस्तो पर्छ त्यस्तै टर्छ भनेको यही होला ।
सानो छोरा द्योतकले आफ्नो बिमार बेसारपानी खाएर र नूनपानीले गारगोल गरेर÷कुला गरेर दुई दिनमा निको पार्यो । उसलाई खास समस्या भएन । अनलाइन क्लासमा बस्न थाल्यो । सामान्य हिसावले उसको यो अध्याय सकियो । यसैगरी कान्छी छोरी व्यञ्जनाले दुईतीन दिन सिटामोल खाई , बेसार पानी खाई र नूनपानीले गारगोल गरेपछि ऊ पनि अलि तङ्ग्रिई । आफ्नो नियमित काममा फर्की । उसको पनि अनलाइन क्लासले निरन्तरता पायो । जेठी छोरी अभिधा पनि दुई दिनपछि उठी । घाँटी विशेषको कारणले ममात्रै लामो समय सुत्नेमा परें । तर मेरा पनि अरू समस्या २र४ दिनपछि क्रमशः घट्दै गएका थिए ।
सबैजना बिमारी भएकाले यसपाली सिटामोलले झण्डै समस्या बनाएको थियो । एक पत्ता सिटामोल घरमै थियो । सवैजनाले खाँदा सकियो । आफैं पारासिटामोल खोज्न निस्किएँ । फार्मेसीमा कहिं पनि पारासिटामोल पाइएन । पत्रिकामा आएको पारासिटामोल पसलमा पाइदैन भन्ने समाचार सत्य होइन जस्तो लागेको थियो । तर आफैंले भोगेपछि प्रष्ट भयो । डाक्टरको सहयोगले एक पत्ता पारासिटामोल फार्मेसीबाट पाएँ।
यस किसिमको अवस्था देखेर मनमा केही प्रतिक्रियाहरू खेले । २०७६ चैतदेखि महामारी झेलेका हामीले अरू धेरै गर्न नसके पनि सिटामोलको अभाव हुन नदिनेसम्मको व्यवस्थापन पनि गर्न सकेनछौं । गैरजिम्मेवारीको पनि हद हुनुपर्ने हो । यस पटक गत विगत सालको जस्तो सङ्क्रमणको भयावहको अवस्था पनि छैन मुलुकमा । तर पनि औषधि पसलमा सहजरूपमा सिटामोल पाइँदैन । मुलुक हाक्नेहरूको अकर्मन्यताको एउटा उत्कृष्ट नमूना भन्नु उपयुक्त होला कि यसलाई । ज्वरो आउँदा पारासिटामोल नपाउँने कठै १ हामी नेपाली। कठै १ मेरो सङघीय लोकतान्त्रिक गणतन्त्र । कठै १मेरो देश ।कठै १ सत्ता र सम्पत्तिबाहेक केही नहेर्ने पशुवत् मेरो देशको राजनितिक नेतृत्वको कुशासन । कमाउनेहरूका लागि यो अवस्था पनि सुवर्ण अवसर भएको छ।
सङ्क्रमणका लक्षण देखिएपछि केही चिकित्सक मित्रहरूलाई यस सम्बन्धमा सम्पर्क गरें भ्याक्सिन हानेको यस्तो वेलामा पिसिआर रिपोर्ट स्वतः पोजेटिभ देखिने भएकाले पिसिआर टेष्ट नगर्ने र सुरक्षितढङ्गले घरमै बसेर पारासिटामोल खाएर एक हप्ता आराम गरेपछि सामान्यतया ठीक हुन्छ भन्ने सल्लाहअनुसार नै आराम गरियो ।
मैले थाहा पाएसम्म यसरी सबैजना एकैपटक बिमारी भएको पहिलो पटक भएकाले मलाई अलि अत्यास पनि लागेको थियो । तर आफैंले आफैंलाई सम्हाल्नु बाहेक अर्को विकल्प बाँकी थिएन । बाध्यात्मक अवस्थामा बाहेक यस्तो वेलामा आफू र आफ्नो परिवारबाहेक अरूबाट सहज सहयोग हुने सम्भावना पनि कमै हुने रहेछ । सामान्य अर्थमा यही नै तीतो र अन्तिम सत्य हुनुपर्छ । हामी धन्य छौं –मुखको परिपञ्चको धनि र फाइदा वेफाइदाको हिसाव गरेर सम्बन्ध राख्न सिपालु यो पाखण्डी शहरका वासिन्दा ।
ओछ्यान नै परेपछि मैले साथीभाई आफन्तजनलाई जानकारी गराउँनका लागि बुष्टर डोज लगाएपछि बिमारी परियो है भनेर फेसबुकमा स्टाटस राखें । अचेल यो सबभन्दा प्रभावकारी माध्यम भएको छ सूचना सम्प्रेषणका हिसावले । यसपछिको एउटा रमाइलो प्रशङ्ग छ । एकजना शुभचिन्तकले २र३ पटक अनलाइन कल गरे । विमारी भएपछि पहिलो कल गर्ने उनले विमारीलाई प्राथमिकतामा राखेका भए वाइफाई कुरेर अनलाइन कल नगरी मोवाइल कल नै गर्दथे होलान् भन्ने पनि एक मनमा मलाई लाग्यो । तर जेसुकैहोस् भनेर आफैंले कल गरें । विमारी के कस्तो छ सोध्ने सामान्य कुरा पनि नगरी एकैचोटी सवैलाई ओमक्रोन लागेछ हगि रु भने । सङ्क्रमण भएको कुरा त मैले स्टाटसमै लेखेको थिए नि भनें । थप केही सम्वाद भएन त्सपछि । यत्ति भन्न पर्ने रहेछ । सकियो ।
मान्छेको सोचाई र जात पर्गेलिनसक्नुको छ । घरबाट बाहिर ननिस्कने कुरा सम्भव भएन । आवश्यक किनमेल गर्न म वा कौशिलामध्ये एकजना निस्कनै पर्थ्यो । स्वास्थ्य अवस्था सामान्य जस्तै थियो २र३ दिनपछि हाम्रो । अराउने सहज मान्छे नभएकाले सुरक्षिततवरले कौशिला नै किनमेलमा निस्किन । जिन्दगीको यो पनि रित नै हो । भोगियो ।
मलाई लक्षण देखिएको आज आठदिन भएको छ । टाउको चाहिं हल्का दुखेकै छ । तर क्रमशः अव ठीक हुन्छ । यही आशा र विश्वास छ । म्युटेशन हुँदै आएको भाइरसको यो प्रजाति स् ओमिक्रोन , अलि कमजोर नै देखियो पहिलाको भन्दा । पहिलो र दोस्रो लहरमा यो सङ्क्रमण भएको भए हाम्रो अवस्था कस्तो भयावह हुन्थ्यो होला भन्ने मेरो मनमा खेलिरह्यो । तर मलाई समय सबभन्दा शक्तिशाली लाग्दछ । त्योसँग मेरो अगाध विश्वास छ । रोग र समस्या आउँछन् जान्छन् । यस्तै हो । मानिसले जे परे पनि भोग्नै पर्छ । भाग्न पाइँदै पाइँदैन । सकारात्मक सोच र समय धेरै कुराको औषधि पनि हो ।
बिमारी परेको यो अफ्ठ्यारो समयमा फोनलगायत विभिन्न माध्यम प्रयोग गरेर ,म्यासेज गरेर र विभिन्न किसिमले हाम्रो वारेमा सोधेर हामीलाई सान्त्वना दिने र सहयोग गर्ने सबै सबै आदरणीय र प्रियजनहरूलाई धेरै धेरै धन्यवाद । विशेषतः डा। चन्द्रमणि अधिकारी , डा। अमृत बोगटी , डा। लोचन कार्की र डा।रवीन्द्र पाण्डेलाई उहाँहरूको अमूल्य चिकित्सकीय सल्लाहका लागि हार्दिक धन्यवाद ।...
All Comments.......
Please Login/Register To Comments