ऐतिहासिक एक पाइला
माघ १९, २०७८, बुधबार | विहान ०२:२१ बजे | 10
तुल्सी नारायण लाखेमरु
पार्टी भनेको पहिचान हो । पार्टीको अर्थ पहिचान हो । आजभन्दा ५७ वर्ष पहिला महेन्द« सरकारको पालामा नापी आउँदा इमान्दार नैतिकवान अग्रज किसान दाइहरुले टोलटोलमा बैठक राखी किसान दाजुभाइहरुलाई प्रशिक्षित गराई आफुले कमाएको जग्गामा आफ्नो नाम राख्नुपर्छ भनी सरकुलर गराई विभिन्न क्षेत्रमा आफ्नो जग्गामा आफ्नै नाम राख्नुपर्छ भनी दृढनिस्ठाताले प्रत्येक टोलटोलको राजनैतिक संघठनको अग्रजहरुले आव्हान गरिएको थियो । त्यो बेलाको कथा व्यथा छुट्टै थियो । अहिलेको जस्तो राम्रो घरहरु छैनन् र बिहान खाएर बेलुका के खाने भन्ने अवस्था थियो । नामले सुन्दर देश भए पनि व्यवस्था राम्रो छैनन् । पुँजीपति वर्गले जे गरे पनि हुने थियो र अझ तल जातलाई आँखाको कुनाले पनि देख्न चाहदैन थियो । के काम गरेर खायो होलान्, के गरेर बस्यो होलान् । पञ्चायतको पालामा जति दुख दियो जनताको रगतले कुदेको गुरु समानको जगत सुन्दर मल्लको सालिक पनि गायव गरायो । त्यो बेलामा वाक स्वतन्त्र छैनन् । देखे पनि भन्नु हुदैँन थियो । त्यो बेलामा जनताहरुले हेर्ने आखाँ छैनन्, बोल्ने मुख पनि छैनन् र हिड्ने बाटो पनि छैनन् । कति मात्र यो देशको जनताहरुले शिक्षा भएर पनि पढ्न नहुने थियो । कानुन भएर पनि व्याख्या गर्नु नह्ुने थियो । पञ्चायत व्यवस्थामा अन्धकारमा बाच्नु पर्नु थियो । बिहान खाएर बेलुका के खाने भन्ने अवस्था थियो । अहिलेको जस्तो राम्रो घरहरु छैनन्, धेरै जस्ता मानिसहरुमा सुरुवालसम्म लाउने अवस्था छैनन् । लुगा लाउँदा अघि बाउला भएको भोटो लाउँछन् । अघि मानिसहरुले जुत्ता लाउने पनि छैनन् । त्यो बेलामा मानिसहरुमा विस्केट र दशैमा मात्र मुस्किल्ले सुरुवाल लाउने गर्छन् । आफ्नो विवाह गर्नलाई पनि सुन र जुत्ता पैचोमा लिने गर्छन् । त्यसबेला मासु खानलाई नयाँ वर्ष र दशै आउन पर्छ । कोही छिमेकी वा आफ्नो घरमा श्राद्ध हुनुपर्छ अनि मात्र पेटभरि मासु खान पाउछन् । त्यो बेलाको कुरा झलझल याद आउँछ । जिवन के हो भन्ने कुरा थाहा पाउन गा¥हो । पैसा हुनेले शोसन गर्न कहिल्यै छोडदैनन् । शिक्षा नहुने मान्छेले जिवनको नजिकको साथी दश औँला खियार पनि र तपस्या वसी प्रार्थना ग्री सहरे खान लाउन मुस्किल हुन्थ्यो ।
पार्टीकै अग्रज दाइहरुले सुखदुखमा साथ सहयोग गरी हाम्रो दाइहरुले गर्दा मोहीयानी गर्न सफल र विस्तारै त्यो बेला मोहीले तलसिंको घरमा काम गर्नु पर्दाखेरी सागल उठाउन पर्नेदेखि बच्चा जन्मे पनि यावत काम जानुपर्ने थियो । आफुले दुख भएको त्यो तरसिंले थाहा हुदैन थियो र उहाँलाई सन्तोष पार्न नसकेको खण्डमा आज कमाको जग्गा भोलि अर्काले खेती गर्न आउँछ । टोल टोलमा नेपाल मजदुर संघठन्को अग्रज किसान कार्यकर्ताहरुले मनभित्रका क्रान्तिकारी भावना बोकी आफ्नो जिम्मेवारी पुरा गर्ने अग्रज कार्यकर्तामा सामर्थ हुन्थ्यो । अमेरिकी साम्रज्यवादले भियटनामी जनतालाई सा¥है दुख दिएको कुरा जनता माझ सनाउनु हुन्थ्यो र अमेरिकाले भियटनामलाई आफ्नो देशको अधिनमा राख्न खोजेको तर भियटनामी जनताले आफ्नो देशको स्वाभिमान रक्षा गर्न लडेको घट्ना टोलवासी दाजुभाइ दिदी बहिनीलाई सबै किसान दाजुभाइहरुलाई प्रशिक्षित गर्ने काम पार्टीको निर्णय अुनसारा लाग्नुहुन्थ्यो । त्यो बेलामा अग्रज किसानहरुको घरघरमा खेतखेतमा गएर आफुले जोतिरहेको जग्गा जमिन आफ्नै नाम राख्नुपर्छ भनेर धेरै नै उल्लेखनीय काम गरेको थाहा छ । त्यो बेलाको अग्रज किसान कार्यकर्ताहरुको अठक संघर्षले गर्दा भक्तपुरमा धेरै अन्य जिल्लाको अनुपातमा किसानहरुको मोहीयानी हक जोगिएको हो । त्यो संघर्षको फाइदा कतिसम्म भयो भन्ने कुरा हिजोआज किसान साथीहरुका छोराछोरीहरु पनि उच्च शिक्षाबाट पुष्टी हुन्छ । यदि मोहीयानी हकको लागि किसान संघर्ष नभएको भए आजको सुखको कल्पना पनि गर्न सकिदैन थियो । चन्द« सूर्य अंकित झण्डा संसारले हेरिरहेको छ । पञ्चशिल आधारित हाम्रो नेपालको चन्द«, सूर्य र बुद्ध जन्मेको देशलाई देउवा सरकारले द्वजा द्वजा पानुर्, पचास अर्वको एमसिसि पास गर्नु नेपालको नाक काट्नु सरह हो । शासक वर्ग कहिले सचेत हुन्छ होला । नेपाली जनताहरुसँग होसियार ।
सूर्यविनायक न.पा. ८ जगाती सिपाडोल