कोभिड महामारी र शिक्षामा यसको प्रभाव


माघ १८, २०७८, मङ्गलबार | दिउँसो ०२:४४ बजे | 20


कोभिड महामारी र शिक्षामा यसको प्रभाव

डा राजेन्द्र कोजू
कोभिड १९ एउटा अप्रत्यासित आपत वा संकट बन्यो यो संसारका लागि । यसले विश्वभरी आतङ्क र भयावह स्थिति सिर्जना गर्यो । नेपालको सन्दर्भमा कुरा गर्दा २०७२ सालको महाभुकम्पले दिएको पीडा र घाउ बिर्सन नपाउँदै कोभिडले थप बज्रपात गरेको अवस्था हो । भुकम्प र कोभिड महामारीले नेपाली जनताको मानसपटलमा गहिरो छाप र घाउ दिएर गएको छ । त्यस माथि कोभिडले त झन क्रमिक रुपमा हरेक वर्ष घाउमा नुन चुक छर्ने काम गरिरहेकै छ । यसले मानसिक स्वास्थ्यमा प्रभाव त परेको छ नै, सिंगो राष्ट्रको अर्थतन्त्र माथि नै खतरनाक आक्रमण गरेको विकास र समृद्धिको लहरलाई अवरोध खडा गरेको छ । सामाजिक जिवनमा अशान्ति ल्याएको छ र सबै मानिसको सामान्य जिवन खलवल्याएको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा र यसको कार्यन्वयनमा समेत चुनौति खडा गरेकोे छ । भुकम्पले ध्वष्ट पारेको देशभरका विद्यालयहरुको भवनहरु त उठ्लान् तर कोभिडले खस्केको शिक्षाको गुणस्तर कसरी उठ्ने हो रु
यो अवको गम्भिर चुनौति हो । क्रमगत रुपमा हरेक वर्ष दोहरिँदै आईरहेको कोभिडको लहरले शिक्षाको स्तर डामाडोल भईसकेको छ । कोभिड त समस्या थियो नै तर यसको निराकरणका लागि, यसले पार्ने प्रभावबाट बच्नका लागि अर्थात यसको समाधानका लागि गरिएको सरकारका निर्णयहरु घाटक बन्दै गईरहेको सर्वत्र महशुस गर्न थालिएको छ । कोभिडवाट बच्ने अचकुअंत्र नै ‘ भाग्ने, लक्ने र बन्दगर्ने’ मात्र हो भन्ने गलत बुझाईका कारण आज सिंगो अर्थतन्त्र र शिक्षा क्षेत्र ‘ कोल्याप्स’ हुने अवस्थामा पुगेको हो । शिक्षामा स्वदेशी र आत्मनिर्भर लगानी र निजी क्षेत्रको लगानी छ । करिव ३ लाख वौद्धिक वर्गलाई रोजगारी दिईरहेको तथ्याङ्क छ । नेपालको करिव २५ प्रतिशत विद्यार्थीहरु निजी विद्यालयमा पढ्छन् । यस्तो महत्वपूर्ण क्षेत्र आर्थिक संकटका कारण प्राणहीन अवस्थामा गुज्रनुपर्ने वाध्यतामा पुगेको छ । यता तर्फ सरकारको कुनैचिसो र चिन्ता देखिँदैन । पहिलो वर्ष ९ महिना विद्यालय बन्द हुँदाको आर्थिक प्रभाव र असरलाई सम्हाल्न नपाउँदै दोस्रो लहर र दोस्रो लहरको संकट मोचन नहुँदै तेस्रो लहरको चपेटामा पर्दा शिक्षा क्षेत्रमा गरिएको लगानी र लगानीकर्ता भयङ्कर संकटमा फसेको स्थिति छ । अरुणा लामाको गीत‘ पोहर सालखुसी फाट्यो, जतन गरी मनले तालेँ, यसपाली त मन फाट्यो के ले ताल्ने, के ले सिलाउने ?’भन्ने गीतको भाव र भावार्थ झल्किने गरी निजी विद्यालय संचालकहरु पुर्पुरोमाहात राख्दै रोईरहेका छन् । शायद यो अवस्था सरकारका लागि तत्काल सम्बोधन योग्य ठान्न आवश्यक नहोला । तर, देशको लागि, समाजको लागि, भविश्यको लागि यो पक्कै पनि निर्मम हुनेछ । देशको युवावर्ग, शिक्षित वर्ग, रोजगारदाता उद्यामी र व्यावसायी निराश हुँदा सिंगो देशको लागि फलदायी नहुने निश्चत छ । यतातर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी छ ।

विद्यालय र कलेज ः वेरोजगार उत्पादन गर्ने कारखाना
२०७६ सालमा कोभिडको लहरसंगै नर्सरीमा भर्ना भएका नानीहरु आजका दिन यू.के.जीमा, कक्षा ८ पढेका कक्षा १० पुगेर एसइइ र सोहीवर्ष एसइइ  गरेकाहरुले कक्षा १२ उतीर्ण गर्दैछन् । आन्तरिक मूल्याङ्कनको नाममा, परिस्थितिको अनुकुल व्याख्या गर्दै धमाधम देशभरका लाखौं विद्यार्थीहरुलाई एसइइ  र कक्षा १२ का विद्यार्थीहरुलाई उतीर्ण प्रमाण पत्र भिडाईसकेको अवस्था छ । क्षमता, सीप, र योग्यता विनाको प्रमाणपत्र कागजको खोस्ता हुने शंकाको सुविधा सबैलाई रहनेछ । नेपालको शिक्षा क्षेत्र वेरोजगार उत्पादन गर्ने कारखाना सावित हुने अवस्था बन्दैछ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ । सरकार यस तर्फ गम्भिर हुन जरुरी छ । भोलीका दिनमा जस अप जसको भागिदारमा बनावट भन्न मिल्दैन । अव यही पारा र यही अवस्था कायम रहने हो भने भविश्यको लामो समय प्रताडित हुनुपर्ने र अपाङ्ख हुनुपर्ने अवस्था अवश्यं भावी छ । तसर्थ यतातर्फ सरकारको र शिक्षा सरोकारवालाको गम्भिर ध्यानाकर्षण जरुरी छ ।
एउटा पिंढी नै अपाङ्ख हुने भयो
आजको शिक्षाको प्रभावअवको १० देखि १५ वर्ष पछाडि पर्ने गर्दछ । आज विद्यालयमा पढ्दै गरेका स–सानानानीहरु अवको १०– १५ वर्षमा देशको विभिन्न क्षेत्रमा खासगरी व्यापार, प्रशासन, नीति निमोण तहमा, उत्पादन क्षेत्रमा, योजनाको तहमा र निर्णय गर्ने तहमा पुग्ने छन् । तर आज आर्जन गरेको ज्ञानको प्रयोग त्यतिबेला गर्ने अवस्थामा पुग्छन् । तर आजको शिक्षा अपाङ्खभयो,अपुगो भयो वा नराम्रो भयो भने पक्कै पनित्यो पिंढी सही परिणाम पाउने छैनन् । यसकारण आजले भोलीनिर्देशितगर्ने भएकोले आजको यो दुरावस्था नै भोलीको दुरावस्थाकालागिजिम्मेदार हुने छन् । तयसैले हामी चिन्तित नहुन र शिक्षा क्षेत्रमा देखिएको यो डरलाग्दो निराशा तत्काल समाधान हुन जरुरी छ । शिक्षा क्षेत्र सबैको आशा, आस्था र विश्वासको केन्द्र हो । यही क्षेत्राआजाधाराशायीाबन्ने अवस्थामाापुगेको छ । सधै बन्दको मारमा परेको छ । उत्पादनशिलता सिर्जनशिलता र कल्पनाशिलता सबै नष्ट भएको छ । एकतर्फ राजनीति र प्रशासन भ्रष्ट भएकै छ । अर्को क्षेत्र आशलाग्दो भविश्य बोकेको शिक्षा पनि कोभिडको सन्नाटा र अनावश्यक झमेलाका कारण संकट ग्रष्ट बनेको स्थिति विघमान छ । यसले भविश्यको एक पिंढी विग्रने सम्भावना प्रवल बनाएको छ ।

Comments

ताजा खबर