काठमाडौं उपत्यकामा पानी प¥यो, तापक्रम शून्यमा झर्ने सम्भावना
माघ १८, २०७८, मङ्गलबार | विहान ११:३० बजे | 35
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताएकी छन् । पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुने हुन्दा तापक्रम शून्यमा झर्न सक्ने उनले बताएकी हुन् ।
गत वर्षहरुमा काठमाडौं उपत्यकाको तापक्रम शून्यसम्म झथ्र्यो , यो वर्ष पनि काठमाडौंमा तापक्रम शून्यमा झर्ने सम्भावना नभएको होइन, छ,’उनी भन्छिन्,’अब आउने मौसमी प्रणालीले कति असर गर्छ त्यसमा निर्भर हुन्छ।’
बुधबारबाट पश्चिमी न्यून चापीय प्रणालीले पश्चिम नेपालबाट असर गर्न सुरु गर्ने मौसमविद् मञ्जु बताउँछिन् । “बिहीबार पनि पश्चिमी भू–भागमै यसले धेरै असर गर्छ । शुक्रबारसम्म यसले देशब्यापी रुपमा असर गर्नेछ,” उनले भनिन् ।
यो प्रणाली बलियो हुँदा हिमपात र वर्षा हुनेछ । हल्कादेखि मध्यमसम्म वर्षा र हिमपात हुने भएकाले यसका कारण हुने थप चिसोबाट जोगिन सतर्क हुुनुपर्नेमा उनको जोड छ ।
माघको तेस्रो सातामा प्रवेश गर्न लागिसकेकाले अब जाडो क्रमशः घट्दै जानेमा धेरैको अपेक्षा छ । तर, मौसमविद्हरु भने जाडो पुनः एकपटक बढ्ने भन्दै चिसोबाट बच्न सावधानी अपनाउन सुझाव दिन्छन् ।
मौसमी प्रणाली थप सक्रिय हुँदा त्यसले चिसो अझै धेरै बढाउनेछ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ ।