भक्तपुरको कमलविनायकमा पैसा खाएर पाइपलाइन जडान गरिदिने को हो ?


माघ १४, २०७८, शुक्रबार | विहान ११:३८ बजे | 5


भक्तपुरको कमलविनायकमा पैसा खाएर पाइपलाइन जडान गरिदिने को हो ?

काठमाण्डौं उपत्यका खानेपानी लि. भक्तपुरले धारा जडानको लागि नगरपालिकाको सिफारिस विना धारा जडान गरिदिन्दैन । जसले गर्दा नगरबासीहरुले घर निर्माण गर्दा अनियमित भए सिफारिस लिन गा¥हो हुने हुन्छ । त्यहीं कारण अनियमित निर्माण गर्न डराउछ वा प्राय अनियमित नहोस् भने चाहना राख्छ । अनियमिति निर्माण नियन्त्रण सजिलै हुन्छ । तर खानेपानीका कर्मचारीहरु पैसा मोहका कारण पैसा खाएर अथवा धुस खाएर विना सिफारिस भक्तपुर नगरपालिका वडा नं १० पाइपलाइनमा गणेशभक्त ग्वाछा, संजय माकका श्रीमति उर्मिला प्रजापति र विजय प्रसाद सुवालले धारा जडान गरेको स्थानीय जनताबीच चर्चा छ । उक्त धारा जडानको लागि जाचकी पटक पटक रोक्नको लागि निरिक्षण समेत गरेर वडाध्यक्षलाई जानकारी गराई काठमाण्डौं उपत्यका खानेपानी लि. भक्तपुरका कर्मचारी दामोदर गिरीलाई फोन गरी नगरपालिकाको सिफारिस नभएको धारा जडान नगर्न अनुरोध समेत गरेको थियो । तर काठमाण्डौं उपत्यका खानेपानी लि. भक्तपुरका भ्रष्ट कर्मचारीहरुका कारण अनियमित भएको घरमा धारा जडान गरिदिन्दा अनियमित निर्माण गर्न हौसाएको देखिन्छ । जसले गर्दा भुकम्पले धनजनको क्षेति गर्छ । त्यसस्थानमा रहेको वातावरण, बाटो, छरछिमेकीलाई समस्या पार्ने हुन्छ । यी सबैको दोषि ती भ्रष्ट्र कर्मचारीहरु नै हुन भने लाग्छ । भुकम्पबाट घरहरु नभत्कोस् भनेर नक्सा पास गर्न लगाई नक्सा अनुसार निर्माण गराउन नगरपालिका लागि पर्छ र नगरबासीहरु नियममा बसी कार्य गर्ने हुन्छ । तर अनियमित गर्न उस्काउने कार्य समयमै नरोके अनियमित झन झन बढी भुकम्पमा ठुलो धनजनको क्षेति हुन सक्ने छ । काठमाण्डौं उपत्यका खानेपानी लि.का कर्मचारीहरु समयमै सचेत बनोस् । चेतना भया ।
                                    अजय खडका
                                    भनपा १० पाइपलाइन


Comments

ताजा खबर