भक्तपुरका जनप्रतिनिधिद्वारा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट


माघ १३, २०७८, बिहीबार | विहान १०:५६ बजे | 30


भक्तपुरका जनप्रतिनिधिद्वारा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग मुख्यमन्त्री कार्यालय हेटौडामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी सम्मिलित टोलीले बुधबार मुख्यमन्त्रीको कार्यकक्षमा भेट गर्नुभयो । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नति र १०० शैय्या क्षमताको अस्पताल सञ्चालन स्वीकृतिको लागि आग्रह गर्नुभयो ।
भेटमा मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइतथा सम्पदापुनःनिर्माणमा गरिरहेको प्रगति र कार्यहरुबारे अवगतरहेको र नपाका गतिविधिहरु जनता लक्षित भएको बताउनु भयो ।
    स्थानीय तहबाट सञ्चालितख्वप अस्पतालबाट व्यापकजनताको हितहुने विश्वास व्यक्तगर्नुहुँदैमुख्यमन्त्री पाण्डेलेख्वपअस्पताललाई १०० बेडको स्वीकृतिप्रदान र आवश्यक सहयोग गर्नसकारात्मक रहेको र आवश्यकप्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्रीलगायत सम्बन्धितलाईनिर्देशनदिने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले बागमतीप्रदेशले समाजवादउन्मुखकार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै कार्य गर्ने सोचले अगाडि बढिरहेकोबताउनुहुँदै बागमतीप्रदेशअन्तर्गत उच्चशिक्षा समितिको विधेयकहालविचाराधीनअवस्थामा रहेको र सो विधेयकमा सक्षम स्थानीयतहले विश्वविद्यालय सञ्चालनगर्न सकिने व्यवस्थासमेत रहेको उहाँले प्रष्ट पार्नुभयो ।
भेटमानगर प्रमुखप्रजापतिले ख्वप अस्पताल १०० शैय्या क्षमताको अस्पताल सञ्चालनगर्न अनुमतिको लागिमुख्यमन्त्रीसमक्ष अनुरोध गर्नुहुँदै ख्वप अस्पताललाई स्थानीय तहबाट सञ्चालित देशकै नमुना अस्पतालको रुपमा सञ्चालन गरी जनतको सेवागर्नेबताउनुभयो ।
साथै उहाँले ख्वपविश्वविद्यालय सञ्चालनगर्न भक्तपुर नपाले आवश्यकभौतिकपूर्वाधारको पनितयारी गरिरहेको अवगत गराउनुहुँदै सक्षम स्थानीयतहलाई विश्वविद्यालय सञ्चालनगर्न अनुमतिदिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धीआवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले हालख्वप अस्पतालको रुपमा सञ्चालनमा रहेको उहाँले अवगतगराउनुभयो ।
टोलीले प्रदेश स्वास्थ्यमन्त्रीनिमालामा र स्वास्थ्यनिर्देशनालयकावरिष्ठ स्वास्थ्यप्रशासक नरेन्द्रकुमार झासँग भेटी ख्वप अस्पताल र कोभिडरोकथामतथा नियन्त्रणमा भएकाविविधगतिविधिहरुबारे छलफल ग¥यो ।
सोहीक्रममानगर प्रमुखप्रजापतिले ख्वप अस्पतालको प्रारम्भिकवातावरणीय परीक्षणका लागितयार पारिएको प्रतिवेदन र स्वमूल्यांकनप्रतिवेदनलगायत अस्पतालका थप शैय्या स्वीकृतिकालागिआवश्यककागजातहरुपनि हस्तान्तरण गर्नुभएको थियो ।

Comments