पुस्तकालय सामाग्रीहरु हस्तान्तरण
माघ ८, २०७८, शनिबार | विहान ०४:१० बजे | 65
लियो क्लब अफ काठमाडौं कोहिनुर र जापानस्थित पुस्तकालय ए.पि.यु. संस्थाले तनहुँ जिल्लाको रिसिङ्गस्थित श्री शिव सरस्वती माध्यमिक विद्यालयमा द बुक क्लब नामक एक युवासँग मिलेर कार्यक्रम गरी सोही अन्तर्गत गत फेबअरीमा स्थापित गरिएको पुस्तकालयलाई द लियो क्लब अफ काठमाडौं कोहिनुर र पुस्तकालय ए.पि.यु. ले यस पटक परियोजना अन्तरगत सो पुस्तकालयलाई पुस्तकहरु र पुस्तकालय सामाग्रीहरु हस्तान्तरण गरेको छ । पुस्तकालय ए.पि.यु. का सह–संस्थापक रासी महर्जन र लियो क्लब अफ काठमाडौं कोहिनुरका अध्यक्ष लियो अभिनव जोशीको नेतृत्वमा गएको टोलीले पुस ५ देखि ८ सम्म तनहुँ गई यसपाली विभिन्न कार्यक्रम मार्फत पुस्तकालय सुधार, जनचेतना जगाउने र विध्यालयका केहि छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान समेत गरेका थिए ।
परियोजना अन्तर्गत यी दुई संस्थाहरु नेपालका विभिन्न विद्यालयमा पुस्तकालय स्थापना तथा विध्यार्थीहरुमा पठन संस्कृतीको विकास गर्न खोजेका छन् । महर्जन र लियो जोशी दुबै भन्छन् “तनहुँमा स्थापित गरिएको पुस्तकालय हाम्रो पहिलो पुस्तकालय मात्र हो। हाम्रो संस्थाहरु प्रत्येक वर्ष कमसेकम एक पुस्तकालय नेपालको विभिन्न स्थानमा स्थापित गर्न प्रयास गर्ने छौँ। यसका लागि हामी सबैबाट सहयोगको अनुरोध गर्छौँ।“
पुस्तकालय स्थापनासँगै यी दुई संस्थाहरुले स्थापित गरिएका पुस्तकालयहरू सँग सम्बन्ध कायम गर्न प्रत्येक वर्ष एक मुल्यांकन टोली पनि पठाउने छन्। यो स्थापित पुस्तकालयका दिगोपन सुनिश्चित गर्नलाई हो