भक्तपुरका नेताहरुलाई धमाधम कोरोना !
माघ ३, २०७८, सोमबार | दिउँसो ०३:०८ बजे | 65
भक्तपुर । भक्तपुरका नेताहरुलाई धमाधम कोरोनाले सताउन थालेको छ । पहिलो पटक एमाले नेता एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरानो लागेको थियो । झण्डै एक हप्ता अगाडि उनलाई कोरानाले छोएपछि एक दुई दिन अगाडि मात्रै एमाले नेता एवं जिल्ला समन्वय समिति सभापति नवराज गेलाललाई कोरोना लागेको जनाइएको छ । यसअघि यो अघिको सुरुवातकै समयमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवाललाई कोरोना लागेको थियो । यसैवीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेलाई सोमबार कोरोना पुष्टि भएको छ ।