कुमार लघु
वैशाख महिनाको १२ गते नेपालमा ठूलो भूकम्प गएको दिन हो । त्यो दिन शनिवार पनि थियो । अधिलो दिन नेवारहरूको देवाली पूजाको भोज कार्यक्रम थियो । मेरो भाइ दिलकुमार लघुलाई पालो परेको र सकेको भएर आफन्त दिदी बहिनी भान्जा भान्जीहरूलाई बोलाई भोज ख्वाई राखेको समय थियो ।
अधिलो दिनको भोज खान जोरजाम गरेको भाडाँकुडा पखालेर बसेको बहिनी र बुहारीहरूलाई  चिया पकाई ख्वाएको थिए । पखालपुखुल गरेको भाडाँवर्तनहरू सवै कौसीमा खाना खान जादा सुकाएर राखेको थियो । मन हलुका आनन्द थियो । धेरैजसो दिदीबहिनीहरू आफ्नो घर निवासमा फर्केको थियो ।
मेरो श्रीमती मैयाँ लघुले काउली सवै फुलिसक्यो होला भनुभयो । खेतवारी  हेरेर काउलीको पात र काउली अलि लिएर आउनु भनुभयो । म चन्चले स्वभाबको भएर तुरून्त मोटरसाइकल चढेर काउली र पात लिएर आए । त्यही काउलीको पात कुखुरालाई ख्वाउनु भनेकोले ख्वाउन घरमा गए । कुखुराको खोरमा पात दिए । शनिवारको दिन अलि गर्मी पनि थियो । कौसीमा टाउको एउँटा नुहाए तल आए । नुहाउन छोरी हेरेर गएको थिए । तल आउँदाखेरी थिएन् । ल भने झै लाग्यो । ल, एकैछिनमा त हलायो । बा म त ट्वाइलेटमा भनेर कराएको माइली छोरी कराएर ल्याएको सुने ।  अरू वेला एकछिन हलाउथ्यो जान्थो । त्यो बेला अलि बढी हलायो । म कराउँदै थिए ।  ए! कति हलाएको रोके त हुन्थो नि ......  । त्यो वेला भूकम्पको रेक्टर स्केल ७.८ भनेको आजसम्म याद छ । कोही ८.० रेक्टर स्केलको भन्थो । त्यति वेला नेपालभरी नै कोलाहल मचेको पाइयो ।
०७२ सालको भूकम्पको केन्द्रविन्दु गोर्खाको बारपाक परेको प्रकाशनमा आएको पाएको थिए । भूकम्पले त्यतिवेला करिव ८०० जनाको मृत्यू भएको तथ्याङ्क निस्केको थियो । भक्तपुरमा भूकम्पले अन्दाजी २३६ जनाको मृत्यू भएको स्मरण थियो ।
मेरो मानसपटलमा वैसाख ४ गते भूकम्प आउँदा म चोटैमा थिए । हलाउनु हलायो । अलि लामो समयसम्म हलायो । हलाईपछि रोकियो । मेरो छोरी निशा तलवाट डराएर माथि आयो । नानी लुगाफाटो लिएर तल आउनु भनी म आँगनमा आए । त्यतिवेला भाइको छोरा रोज लडेर पल्टीराखेको थियो । त्यसलाई नै वचाउनु मेरो दिमागले सोच्यो । पूरा फिल्मीमा जस्तो बोकेर कहाँ कतावाट अस्पतालमा लग्न हुन्छ सोचियो । मेरो छिमेकीहरू र आफ्नै खानाखाने आमाबुबा सुत्ने घरसम्म भत्केको र छोरी त्यता गएको नै याद भएन् । साहिलो भाइले सुभम्म देखेन दाइ भन्यो । त्योबेला हाम्रो घर पनि भत्क्यो नै भनेन । कहाँवाट अस्पताल जाने भनेर लाग्दा जालाचावाट जानुस भनेर भनेपछि त्यतैवाट अस्पताल लगे । जाँदाजाँदा सानो व्यासीमा पुगेपछि फेरि भूकम्प आयो । म र छोरो रोजल लघुलाई छिडीमा लुकाउन लगे । फेरि रोकियो  । टाउँको र खुट्टामा चोट परेको रहेछ । सानो व्यासीको रामप्रसाद सुवालको मोटर साइकलमा राखेर अस्पताल लगे । मध्यपुर थिमीमा उपचार गर्न वसे । त्यही मेरो जेठी छोरी निला, ज्वाई इन्द्र राजलवट र बहिनीको श्रीमान सत्यराज दुवाल त्यही अस्पतालको रोज नजिकै बाबा भनी बाृलाएको आवाज आयो । ल तिमीहरू पनि भनी उपचार गर्नतिर लागियो । ल ती नानीहरूको घर भत्कियो होला भने मनमा लाग्यो । त्यति वेला आपत् आई लाग्यो । हाम्रो परिवारलाई र सबै टोलबासीहरूलाई , त्यो बेला मेरो घर तीनतल्ला भत्केर छोरी निकिसा लघु ,भान्जा दिनेस सुवाल दिलकुमार लघु ,बुहारी गंगा लाखा लघु भतिजा दिलकुमारको छोरालाई घाइते बनाएको थियो । छोरोलाई पुरियो । निकालन सकेन । कहाँ पुरियो थाहा लागेन । रून्दै वोलाई रहेको रे । छिनिछनमा भूकम्प आइरहेकोले निकाल्न सकेन । छोरीलाई भूकम्पले लागिहाल्यो । बा जानुस्, भनी स्कुल जान प्रत्येक दिन पसलमा आउथ्यो । अहिले पनि पसलमा आउछ कि जस्तो लागिरहेको हुन्छ । तर कहिले नआउने गरी छोरी गइन् । सबैं मिल्ने अलि हसिठट्टा गर्नुपर्ने ज्ञानी छोरी निकासा थियो । उहिले नौ कक्षावाट १० मा पढ्ने थिई । अहिले त माया मारिसक्यो, उसको आमाले पनि । आमाको खुट्टा मर्केको थियो । आमा साब रोई । म पनि छोरीलाई सम्झेर रोए ।
घरमा वस्न मिलेन । डेरा गरि ५ वर्ष वसे । अब अहिले पैसा तिर्न नपर्ने कोठामा बसेको छु । यस्तो भूकम्प कहिले नआओस् । भूकम्पले घरनिबास भत्काउन सक्छ । त्यसैले घरनिबासहरू बलियो बनाऔ । घरनिबास बलियो गरि बनाउनु पर्छ ।
समाज आवश्यक छ, आपत विपत पर्दा सहयोग गर्नुपर्छ भने भावना उ वेला कम भएको महसुस भयो । घर भत्केर पुर्दा निकाल्न कोही अगाडि नवढेको  पाए । ससाना वालकहरू म पुग्दा निकाल्न प्रयास गरिरहेको पाए । दाइ तपाईं नआउनु भने त्यो वेला माया मारे । छोरी वित्यो । अस्पताल लान म र भाइ हुन्छेले पाजेरो रोके । छोरीलाई त्यसमा राखेर भक्तपुर अस्पतालसम्म लगे । अस्पताल पुग्दा मृत घोषित गरियो । रातभर अस्पतालको चौरमा बिताए । मसित मेरो श्रीमतीको दिदीको श्रीमान् रामसुन्दर गुरूको साथ पाए । भोलिपल्ट लास लग्न दुई तीनजना साथी पाए । बस केही घण्टा दिपमा राकेपछि गुठीहारहरू आई लास जलाए । घर फर्किन्दा पाटीमा नित्य कर्म गर्न प–र्याे । भुकम्पले त दुःख दिनसम्म दियो । जिवनमा भूकम्पले कसैलाई दुःख आई नपरोस् ।
मेरी तिनै छोरीको स्कले फोटो अहिले पनि मैले मेरो पसल माथि भुण्डाएर राखेको छु । सदासदाको यादका लागि ।

...

All Comments.......


Please Login/Register To Comments