भक्तपुर । आज देशभर योग दिवस मनाइँंदै छ । सर्वागिन विकासका लागि योग भन्ने नाराका साथ दिवस मनाउने भएको हो ।
नेपाल सरकार शिक्षा मन्त्रालयको मुख्य आयोजनामा दिवस मनाउने भएको हो । कोरोनाका कारण दिवस यो वर्ष अनलाइनमार्फत् मनाइने भएको हो । यसका लागि अहिले विहान आठ बजेदेखि शिक्षा मन्त्रालयको जुमआइडीमा ज्वाइन हुन अनुरोध गरिएको छ ।
यसैवीच योग दिवसको पूर्वसन्धयामा योग जिल्ला समन्वय समिति भक्तपुरले एउटा संस्था र एकजना व्यक्तिलाई शुक्रबार सम्मान गरेको छ । पाँंच पाँंच हजार नगदसहित नारायणी शंकर पचाञ्जल योग पुरस्कार प्रजापिता ब्रम्हकुमारी राजयोग सेवा केन्द्र र बुद्धलक्ष्मी ब्रजाचार्यलाई प्रदान गरिएको हो । उनीहरुलाई नगदसहित दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments