सुनिल सापकोटा  
नेपाली भाषामा माघे सक्रान्ती वा हिन्दीमा मकर संक्रान्ती भन्ने  हिन्दुहरुको एक  महत्त्वपूर्ण चाड वा पर्व हो । यो पर्व भारत र नेपालमा बडो  धुमधामका साथ मनाइन्छ ।
इश्वर वा देवताको अस्तित्व लाई स्विकार गर्नु पर्दा म सूर्य लाई चाहिँ एउटा ग्रहको रुपमा मात्र न मानेर एउटा साक्षात इश्वर वा देवताको रुपमा मान्छु । किनभने सूर्य बिना पृथ्वीमा जिवनको
कल्पना नै गर्न सकिँदैन । त्यसैले यो हाम्रो आकाश गंगामा स्थापित यो हाम्रो सूर्यको भुमिका र महत्व बुझ्दै पृथ्वीमा पर्यावरण संतुलन कायम राख्दै सूर्यको आराधना गर्दै त्यस्को  अस्तित्व प्रति मानिसहरुले आभार ब्यक्त गरुन् र खुशियाली मनाउन भन्ने हाम्रा ऋषिमुनी र पूर्वजहरुले यो पर्वको सुरुवात गरेका हुन कि जस्तो मलाई लाग्छ । यो मेरो निजी धारणा हो। हुनत मकर सन्क्रान्तीमा अनेकौं अनेक धार्मिक किंम्वदन्तीहरु र कथाहरु  जोडिएका छन । त्यतातिर म जान्न ।
                      यो एउटा येस्तो पर्व  हो जो हाम्रो छिमेकि रास्ट्र भारत र नेपालमा बडो धुमधामका साथ मनाइन्छ । यो दिन सूर्य धनु राशी बाट मकर राशीमा प्रवेश गर्छ । अर्थात् यो दिन देखि सूर्यको गति दक्षिण दिशा बाट उत्तर दिशा तर्फ लाग्छ र दिन लामो र रात छोटो् हुँदै जान्छ। हिन्दु  धार्मिक  मान्यता अनुसार माघे सन्क्रान्ती देखि सूर्य उत्तरायन हुँदा यो ६महिनाको
अवधीमा शरीर त्याग गर्नेहरु पुनर्जन्मको बन्धन बाट मुक्त हुन्छन् भन्ने भनाइ छ ।
अन्त्यमा  म जस्तो साधारण मानिस जसलाई न धर्मको ,  न ज्योतिषको , न खगोल शास्त्रको ज्ञान छ ,  न कुनै मोक्षको चाहना र बिश्वास छ।  म जस्ता लाई त केवल तिलको लडडू , तरुल , चाकु , खिचडि र दहि चिउरा खाने मात्र ध्यान हुन्छ ।
माघे सन्क्रान्तीको सबैमा शुभकामना .... ।।  इति ।...

All Comments.......


Please Login/Register To Comments