त्रिपूरासुन्दरी गाउँपालिका वार्ड नम्बर ४ पिस्कर निबासी स्वर्गीय  देबिजङ पान्डेको छोरा समाजसेबी एबम शिक्षाप्रेमी नारायणजङ पान्डे धर्मपत्नी मिठु पान्डे  छोरीहरु कविता पान्डे, निरा पान्डे, ज्वाइ दिपबिक्रम शाह, नातिनी बिदुशी शाहसहितको उपस्थितिमा चौतारा साङाचोकगढी नगरपालिका वार्ड नम्बर ९ भैसेमा रहेको पाँचकन्या आधारभुत बिद्यालयमा अध्यनरत सिमान्तकृत ३८ जना बिद्यार्थि भाइबहिनीहरुलाइ सैक्षिक सामग्री तथा खेलकुद सामग्री बितरन गर्नुभएको छ । सो कार्यक्रममा बिद्यार्थि अभिभाबक शिक्षक सहयोगी दाताहरुको उपस्थिति रहेको थियो । सोही बिद्यालयको शिक्षिका गगा श्रेष्ठले सहयोगी दाताहरुलाइ खादा लगाएर स्वागत गर्नुभयोको थियो भने बिधालयको प्रअ सुनिता कोइराला नेपालले धन्यवाद तथा सहयोगी दाताहरुलाई शुभकामना दिनुभयो ।  सोही सहयोग बितरण कार्यक्रममा बोल्दै नारायणजङ पान्डेले आगामी दिनहरुमा पनि आफ्नुतर्फबाट सहयोग गर्दै जाने कुरा बताउनुभयो भने छोरी  कविता पान्डेले यो अहिले हाम्रो सानु सहयोग मात्र हो हाम्रो  सहयोग निरन्तर रुपमा रहिरहन्छ भन्दै बिद्यालयको अवस्थाकोबारेमा प्र अ सङ  बुझ्नुभयो । कविता पान्डेले यो भन्दा अगाडी पनि कार्यलय बेबस्थापन गर्न आर्थिक सहयोग गरिसक्नु भएको छ । विद्यालय बेबस्थापन समिती सद्स्य निर्मला तामाङले सहयोगी दाताहरुलाई सहयोगी हातहरुप्रति सहयोगी मनहरुप्रति अतुलनीय सहयोग पुर्याउनु हुने सहयोगीहरुलाइ धन्यवाद दिदै सुभकामना व्यक्त गर्नुभएको छ ।

...

All Comments.......


Please Login/Register To Comments