ख्वप माध्यमिक विद्यालय २२ वर्षमा प्रवेश


साउन १६, २०७७, शुक्रबार | विहान ११:३२ बजे | 20


भक्तपुर । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले चुनावी घोषणापत्रअनुसार जनतासामु भोट माग्दा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्ने सिलसिलामा भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले २०५६ साउन १६ गते तत्कालीन ख्वप उच्च मा.वि. (हाल ख्वप मा.वि.) सञ्चालन गर्नुभयो । यो आफैमा गौरवशाली र ऐतिहासिक कदम थियो ।
      भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप मा.वि. स्थानीय तहबाट सञ्चालित नेपालको एकमात्र प्लस टु विद्यालय हो । स्थापनाको छोटो अवधिमा यस विद्यालयले अभिभावकहरूको विश्वास जित्न सफल भयो । विद्यालयमा कक्षा कोठाहरू नपुग भएकोले ख्वप मा.वि. ले वागीश्वरी मा.वि., बासु मा.वि., आदर्श आजाद मा.वि. र प्रभात अङ्ग्रेजी मा.वि.मा आफ्ना कक्षाहरू सञ्चालन (भ्हतभलकष्यल) ग¥यो । ख्वप मा.वि.का कक्षाहरू सञ्चालन भए (भ्हतभलकष्यल) का तत्कालीन समयमा कक्षा १० सम्म पढाइ हुने विद्यालयहरूमा पनि कक्षा ११ र १२ पढाउने वातावरण निर्माण गर्न यस विद्यालयले शैक्षिक तथा आर्थिक टेवा पु¥यायो ।
ख्वप मा.वि.को जगमा ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान र ख्वप कलेज अफ इन्जिनियरिङ पनि सञ्चालन भयो । यसरी ख्वप मा.वि. शैक्षिक अभियानको अग्र मोर्चामा क्रियाशील रह“दै आयो ।
२०७७ साउन १६ गते ख्वप मा.वि.ले २१ वर्ष पूरा गरी २२ औ“ वर्षमा प्रवेश ग¥यो । यस पुनित अवसरमा समस्त जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद्, अभिभावक, समाजसेवी एवम् शुभचिन्तकहरूमा विद्यालयको प्रगति र उत्थानमा यहा“हरूले दि“दै आउनुभएको सल्लाह र सुझावको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ“ ।

ख्वप मा.वि.का स्थापनाका उद्देश्यहर
सर्वसाधारण जनताका छोराछोरीलेसमेत अध्ययन गर्न सक्ने गरी कम शुल्कमा गुणस्तरीय शिक्षा दिने,
    समाजलाई बुद्धिजीवीकरण गर्न सहयोग गर्ने,
    एक्काईसौ“ शताब्दीका चुनौतिहरू सामना गर्न सक्ने जनशक्ति तयार गर्ने,
   श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने ।
   शिक्षालाई उत्पादन श्रमस“ग जोड्ने ।

ख्वप मा.वि.मा सञ्चालित शैक्षिक कार्यक्रमहरू ः
  प्लस टु विज्ञान (कम्प्युरट विज्ञानसहित),
  प्लस टु व्यवस्थापन (होटेल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर र फाइनान्स विषयसहित),

   प्लस टु मानविकी (अङ्ग्रेजी, समाजशास्त्र, पत्रकारिता, गणित, नेपाली, राजनीतिशास्त्र, संस्कृति, पेन्टिङसहित),
   प्लस टु कानुन ।

विद्यार्थी भर्ना
हालसम्म विद्यालयमा विज्ञान सड्ढायमा ६,७४६, व्यवस्थापन सड्ढायमा ८,०४५, मानविकी सड्ढायमा १५५५ र कानुन सड्ढायमा ५० गरी कुल १६,३९६ जना विद्यार्थी भर्ना भइसकेका छन् ।

विद्यार्थी उत्तीर्ण
ख्वप मा.वि.मा भर्ना भएका विद्यार्थीमध्ये हालसम्म विज्ञानमा ४,८६८, व्यवस्थापनमा ५,८२५ र मानविकीमा ९७७ गरी कुल ११,६७० जना विद्यार्थीले प्लस टु तह उत्तीर्ण गरिसकेका छन् ।

अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक
ख्वप माविमा शैक्षिक वर्ष २०७६÷७७ मा ६८ जिल्लाका २,९०६ जना विद्यार्थी अध्ययनरत छन् भने २८ जिल्लाका १६९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

छात्रवृत्ति ः
विद्यालयले प्रत्येक वर्ष जेहेनदार तथा गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा विद्यालयले ५२५ जनाभन्दा बढी गरिब तथा जेहेनदार विद्यार्थीलाई ६५ लाख ५५ हजार रूपैया“ छात्रवृत्ति प्रदान ग¥यो । यस शैक्षिक वर्षमा विद्यालयले रू. ६५ लाख छात्रवृत्ति शीर्षकमा बजेट विनियोजन गरेको छ ।

Comments