जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा
असार १२, २०८३, शुक्रबार | राति १०:०८ बजे | 25
कीर्तिपुर, असार १२ गते । समृद्ध देश, स्वस्थ समाज र निरोगी जीवनको लागि समयमै युवालाई लागूपदार्थको दुव्र्यसनी हुनबाट बचाउनु पर्ने धारणा वत्ताहरुले राख्नुभएको छ । यहाँस्थित मंगल बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको लागूपदार्थ दुब्र्यसनी र अवैध ओसारपसारविरुद्धको अन्तराष्टिय दिवसको उपलक्ष्यमा सम्बद्ध पक्षले सो कुरालाई जोड दिनुभएको हो । विनिगं डी क्रेभिग्स शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुहुँदै किल्निकल साइकोलोजिष्ट हसना श्रेष्ठले कोही युवा दुव्र्यशनको कुलतमा फस्नुअघि नै विभिन्न संकेतहरु देखा पर्ने भएकाले परिवार, आफन्त, साथीभाईले मनोपरामर्श दिन आग्रह गर्नुभयो । उहाँले जस्तोसुकै रोगको उपचार हुनेजस्तै कुलतको उपचार सम्भव भएकाले सम्बद्ध पक्षले चासो दिन आवश्यक भएको बताउनुभयो । यस्तै, फोरेन्सिक साइकोलोजिष्ट निर्दाेश पौडलले युवा वर्गमा अहिले जनचेतनाको कमीको कारणले नजाँनिदो किसिमले लागु पदार्थ सेवन गर्नेको संख्या बढेको बताउनुभयो । समाजशास्त्री तथा पत्रकार उपेश महर्जनले पुँजीवादी राज्यव्यवस्थामा विस्तारै परिवर्तन भइरहेकाले राजधानीदेखि दुर्गममा समेत लागू पदार्थको ओसारप्रसार भएको आँैल्याउनुभयो । उमेर समूहले प्रयोग गर्ने लागू पदार्थको देखासिकीबाट करिब ९० प्रतिशत र मनरोञ्जन व रमाइलोको लागि एक पटक प्रयोग गर्नेबाट कुलतमा ७२ प्रतिशत भन्दा बढी दुव्र्यशनी हुने गरेको बताउनुभयो । कीर्तिपुर प्रहरी प्रभागका असई खेमनाथ शर्माले कडा कानुनले मात्र दुव्र्यशनी तथा अवैध ओसारप्रसार नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । नेपालको कानुनमा रहेका अस्पष्टताको कारणले कानुनबाट उन्मुक्ति हुने दर बढेको बताउनुभयो । स्टुडेन्ट क्वालिटी सर्कलका संयोजक नरेन्द्र बुढाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
