विद्यालय आखिर कहिलेसम्म बन्द?
पुष २८, २०७८, बुधबार | दिउँसो ०१:१३ बजे | 15
होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात, हवाई उडान, चलचित्र हल आदि चलेकै छन्। दोहोरी र डिस्को हरुमा रात भरी विदेशी मदिरा मा लठ्ठ भएर विदेशी सङ्गीत मा झुमिएकै छ। भो
राजनैतिक पार्टीका स्थानीय देखि केन्द्र सम्मका अधिवेशन हरु चलेकै छन्। विश्वविद्यालय तहका परिक्षा हरु यथावत् छन्।माघ आउन लाग्यो अव पार्टी प्यालेस हरुमा स्वदेशी तथा विदेशी बाजा हरुमा कम्मर भाँचिने नै छ।तर,विगतका २ संस्करणको बन्दाबन्दिले थलिएर बल्ल अलिकति उठ्न लागेको शैक्षिक पाटो माथि फेरि सुरुमै प्रहार भएको छ। कोरोनाको भेरिन्यन्ट र यसको अन्त्य छिट्टै हुने देखिँदैन, के त्यसो भए अव हरेक भेरियन्ट सँगै शैक्षिक संस्था बन्द गर्दै जाने हो त? यत्रो समय सम्म त वैकल्पिक व्यवस्था गर्नु पर्ने हैन सरकार ले? कोरोना फैलियो भन्यो, बैठक बस्यो अनि १ नम्बरको निर्णय बनाइदियो शैक्षिक संस्था बन्द।यसरी देशको शैक्षिक अवस्था के हुन्छ? बालबालिकाको शैक्षिक अवस्था कस्तो हुन्छ? भोली कस्तो जनशक्ति उत्पादन हुन्छ? शैक्षिक संस्था बन्द नै एक मात्र उपाय त हैन होला। हुनत शिक्षा र यसको महत्व बुझेको नेतृत्व भए पो, विकल्पको अध्ययन हुन्छ। खैर, अझै केही ढिलो भएको छैन, सधैंलाई विद्यालय बन्द गर्ने रणनीति लिनु भन्दा कसरी शैक्षिक क्षेत्रलाई पनि अगाडि बढाउन सकिन्छ तिर सोचौ ।