तुल्सीनारायण लाखेमरु
देशमा पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले देशमा केही गर्न सकेनन् । तर, त्यहीँ प्रम नाक फुलाउँदै कहिले भारतको उठबसमा चलिरहे त कहिले केमा । आफ्नो देशको भन्दा अरु देशको स्वार्थमा अल्झेर नै कोशी गयो, गण्डक गयो, अपर कर्णाली गयो र महाकाली गयो । अहिले उनी जनताको कुरा कानमा तेल हालेर लाज पचाएर एमसीसी पास गर्न खोज्दै छन् ।
कृषि प्रधान देशमा रासयनिक मल छैन । यो देशमो कस्तो विडम्बना । जनता जहिल्यै मारैमारमा परेका छन् । शोषितपीडित जनतालाई बाँच्न गा¥हो भइसकेको छ । पैसा भएर पनि मल किन्नै नपाउने कस्तो अवस्था ।
कृषिको लागि मल र जल मानिसको रगतको नाता जस्तै हो । स्वास्थ्य सम्बन्धी औषधिमा कमिसन अनि मास्कमा पनि कमिसन ? जय सिं धामी मर्दा पनि सरकारले गहन तरिकाले हरेको छैन । नेपालको भू–भाग मिचे पनि जहिल्यै मौन बसेर रैथाने प्रवृत्तिलाई जनताले धिक्कारिरहेका छन् । नेपालको घरको जग बलियो पार्नुको सट्टा भारत र अमेरिकालाई खुसी पार्न सिपालु छन् सत्तासिन दलका नेताहरु । काङ्ग्रेसको घोषणापत्रमा समाजवाद उल्लेख छ तर व्यवहारमा माछामाछा भ्यागुतो । नेपालको हावापानी मिल्जोजुल्दो राजनैतिक अभ्यासको कर्म र मर्म पनि नबुझ्ने ।
असक्षम प्रम भनी चिनिएका देउवादेखि प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाल प्रम भए । तर, के गर्नु देशमा चण्डालहरुको हाबी छ । हो, राजनीति गर्नुपर्छ तर देशलाई बिर्से कस्तो राजनीति होइन ।

...

All Comments.......


Please Login/Register To Comments