भक्तपुर । नेशनल प्याब्सन भक्तपुरद्वारा मंगलबार राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एशोसियसन को २४ औं स्थापना दिवस मनाएको छ । सदस्य बिद्यालयका संस्थापक प्रिन्सिपलहरुको उपस्थितिमा सम्पन्न स्थापना दिवसमा संस्थाद्वारा सदस्य बिद्यालयका बृद्दि र बिकासका लागि गरिएका र गरिनुपर्ने बिषयहरुमा समीक्षा तथा अन्तरक्रिया गरिएको थियो।
कोभिड १९ का कारण सृजित समस्याहरुलाई एकताबद्ध भएर हातमालो गर्दै अगाडि बढी बिद्यालयहरुलाई जोगाउन संस्था लाग्नुपर्नेमा सबैको जोडदार माग रहेको थियो। राज्यद्वारा निजी बिद्यालयप्रति देखाइएको उदासीनताका बाबजुद पनि गुणस्तरीय शिक्षामार्फत आफ्नो अस्तित्व जोगाउन सफल निजी बिद्यालयको योगदानलाई सबै समक्ष देखाउन नसक्नु आफ्नो कमजोरी रहेको अन्तरक्रिया कार्यक्रममा राखिएको थियो।
भक्तपुर जिल्ला कार्य समितिद्वारा आफ्ना सदस्य बिद्यालयका पूर्व प्राथमिक तहको स्तर उन्नति गरी समयसापेक्ष शिक्षा दिने उद्देश्यले शिक्षकहरुलाई दीर्घकालिन रुपमा मन्टेश्वरी शिक्षाको तालिमका लागि पहल गरिरहेको र भौतिक रुपमा कक्षा संचालन लगत्तै उक्त कार्यक्रम सदस्य बिद्यालयमा पु¥याउने लक्ष्य जिल्ला समितिको रहेको अन्तरक्रियामा राखिएको थियो।
उपस्थित सम्पूर्णले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरी मनाइएको उक्त कार्यक्रममा कार्यसमिति पदाधिकारी, सल्लाहकारहरु र सदस्य बिद्यालयका संचालक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

...

All Comments.......


Please Login/Register To Comments