एभरेष्ट स्कुलका छात्रछात्राहरुलाई नेतृत्वका लागि तीनदिने प्रशिक्षण


पुष २७, २०७८, मङ्गलबार | विहान ०८:४६ बजे | 45


एभरेष्ट स्कुलका छात्रछात्राहरुलाई नेतृत्वका लागि तीनदिने प्रशिक्षण

भक्तपुर । भक्तपुरमा नेतृत्वका लागि दिइएको तीनदिने प्रशिक्षण सकिएको छ । उमान लिडरशिप (महिला नेतृत्वका लागि) युथ फर युथ, एलान्स फर लिडशिप (युवाका लागि युवा, महिला नेतृत्वका लागि सहकार्य) बारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा तीन जना लेडीहरु (महिलाहरु) प्रविता श्रेष्ठ, रुमबुद्ध मगर र विन्दिया नागाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा भक्तपुरको एभरेष्ट इगलिश स्कुल मिवाछे व्यासीका कक्षा ७ का १७ जना छात्राहरुलाई सहभागी गराइएको थियो । पाइलट प्रोजक्टको रुपमा कार्यक्रम सञ्चालन गरिएको स्कुलले जनाएको छ ।
 

Comments