भक्तपुर, मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुलाई आज कोभिड–१९ विरुद्धको ःयमभचलब खोप विद्यालयमा नै खोप केन्द्र राखी लगाइएको थियो । नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०२ जना छात्रा र १४४ जना छात्रहरुलाई स्वास्थ्य चौकीका प्रमुख श्री राजेन्द्र फैंजूको नेतृत्वमा मोर्डना खोपको पहिलो मात्र लगाइएको हो !
सुर्यविनायक–९, नंखेलमा रहेको मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले आज सम्पन्न भएको खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकीलाई धन्यवाद दिँदै देशभरका बालबालिकाहरुको लागि सरकारले सहजै खोपको सुनिश्चित गर्नु पर्ने एवं कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्यमा नकारात्मक असर पर्नुका साथै देशको नै शिक्षाको स्तर खस्कने भएकाले यस तर्फ सरकार र सम्बन्धित सरोकारवालाहरुले ध्यान दिई पठनपाठनको कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो ।...

All Comments.......


Please Login/Register To Comments