खानेपानी मुहानको मुल एकिन गरी जग्गाको सिमांकन गरी पाउँ


पुष २६, २०७८, सोमबार | दिउँसो १२:२९ बजे | 45


खानेपानी मुहानको मुल एकिन गरी जग्गाको सिमांकन गरी पाउँ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ अन्तर्गत रहेको उटिसघारीस्थित १०८ पानीको मुल रहेको छ । यो खानेपानी मुहानबाट पानी ट्यांकी र पाइप विछ्याई खानेपानी तथा सरसफाई गरी सञ्चालन गर्दै आएको सिपाडोल बृहत्त खानेपानी तथा सरसफाई उपभोत्ता समितिले साविक सिपाडोल वडा नं. ७, ८ र वडा नं. ९ तथा विविचा, ननाबु र जगाती क्षेत्रका ७०० भन्दा बढी घरधुरीका उपभोत्ता, महानगरीय प्रहरी वृत्त जगाती, आन्तरिक राजश्व कार्यालयलगातयका उपभोक्ताहरुलाई खानेपानी वितरण गर्दै आएको व्यहोरा अनुरोध छ । उपभोक्ता समितिले सञ्चालन गर्दे आएको सिपाडोल ८ स्थित खानेपानी मुहानसमेत विभिन्न व्यक्तिहरुले भत्काइ, खानेपानी ट्यांकीसमेत हटाई, क्षति पु¥याई, फाली, नजिकको ननाबु राजकुलो, बिबिचा ननाबु, चखु खोलासमेत विना कुनै स्वीकृति अनुमतिसमेत नलिई जवरजस्ती गैरकानूनी रुपमा विभिन्न व्यक्तिहरुले प्लानिङ्ग गरी खानेपानीको मुल मुहान नै क्षति पु¥याई अनधिकृत रुपमा दोजर चलाई खानेपानीको मुहान तथा पानी ट्यांकी भत्काई क्षतिग्रस्त बनाएको छ । जो जसले अनधिकृत कार्य गरी गैर कानुनी रुपमा कामकारवाही गरेको हुदाँ सो व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गरी पाउँं भनी हामी चाहन्छौ ।
सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितिको जग्गाको कित्ता नं. ७०४ क्ष.फ. ०–७–०–० को साँढ सिमानामा समितिलाई जानकारी नै नदिई मनलागी रुपमा पर्खाल लगाई खानेपानीको मुहानसमेत बन्द हुने तरिकाले पर्खाल लगाएको हुँदा सम्बन्धित व्यक्तिहरुलाई यस सूर्यविनायक कार्यालयमा झिकाई  पानीको मुहानको मुल जग्गाको सिमांकन गरी पाउ भनी हामी अनुरोध गर्दछौ । साथै नापी शाखा भक्तपरमा पत्र लेखी प्रति जग्गा, राजकुलो तथा चखु खोलाको संरक्षण गरी पाउँ भनी सूर्यविनायक नगरपालिका वडा नं ८ को कार्यालय सिपाडोल सूर्यविनायक कार्यालय समक्ष निवेदन पेश गर्दछौ ।
तुल्सीनारायण लाखेमरु
अध्यक्ष
सिपाडोल बृहत खोपानी तथा सरसफाई उपभोत्ता समिति, उपसमिति–१ भक्तपुर

Comments

ताजा खबर