भक्तपुरमा भव्य रुपमा मनाइयो पृथ्वी जयन्ती


पुष २६, २०७८, सोमबार | दिउँसो १२:०८ बजे | 50


भक्तपुरमा भव्य रुपमा मनाइयो पृथ्वी जयन्ती

भक्तपुर । भक्तपुरको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा सोमबार यसवर्षको पृथ्वी जयन्ती भव्य रुपमा मनाइएको छ ।
पृथ्वीनारायण साहको इतिहास तथा एकीकरण मार्ग विषयमा प्रबचन कार्यक्रम कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको हो । मंगलबार ३०० औ पृथ्वी जयन्ती हो । यही अवसरमा कार्यक्रम गरिएको हो । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइन्छ ।
कार्यक्रममा भक्तपुरको सूर्यविनायक व्यारेक गण इन्द्रबक्स गणका क्याप्टेन शुशिल खनालले पृथ्वीनारायण शाहका विविध विषयमा चर्चा गरे । उनले पृथ्वीनारायण शाह नेपालको मात्रै नभई दक्षिण एसियाकै दुरदर्शी राजाको रुपमा गणणा हुने गरेको चर्चा गरे ।
कार्यक्रममा स्कुलका कक्षा ९ का एक सय आठ जना विद्यार्थी सहभागी गराइएको थियो । प्रबचनपछि विद्यार्थीसँंग प्रश्नउतर कार्यक्रम पनि भएको थियो ।
पृथ्वी जयन्तीको दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ ।
आजभन्दा लगभग ३०० बर्षअघि २२ से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो, जहाँको राजपरिवारमा पृथ्वीनारायण शाहको जन्म भएको हो । आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै राजालाई मानिन्छ ।
विक्रम सम्वत् १७७९ अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वीनारायण शाहको जन्म भएको हो । उनैले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

Comments