१.शक्ति राष्ट्रहरुको चलखेलको शिकार, आर्थिक नाकाबन्दी, राजनैतिक अस्थिरता तथाअन्तराष्ट्रिय सीमा विवादका विच कठिन अवस्थामा गुज्रिरहेको लेवनानमा युनिफिल मिशन अन्तर्गत अत्यन्त संवेदनशील ईलाकामा गत वर्ष माघ महिनाबाट तैनाथ नेपाली सेनाको बर्द बहादुर गणले अपरेशनल, बन्दोबस्ती तथा सैनिक नागरिक सम्बन्धमा पु¥याएको योगदानको फलस्वरुप युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कलले मिति २०७८।०९।२२ गते फोर्स हे.क्वा., नाकुरामा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसा–पत्र प्रदान गर्नुभयो । उक्त मिशन अन्तर्गत १० राष्ट्रका सैनिक गणहरु मध्ये उत्कृष्ट गणलाई यसरी उत्कृष्टताको प्रशंसा–पत्र प्रदान गरिन्छ । गत जेष्ठ महिनामा समेत उक्त गणले मिशन ईलाकामा अन्य १० राष्ट्रका गणहरुलाई पछि पार्दै वार्षिक वातावरणीय अवार्ड प्राप्त गरेको थियो ।
२.    उक्त गणमिशन ईलाकामा खट्टिनासाथ कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रमा कोभिड किट वितरण गरी स्थानीय पदाधिकारी तथा जनताको मन जित्‍न सफल भएको थियो ।  त्यसैगरी उक्त गणले विभिन्‍न नगरपालिकाहरुमा वृक्षारोपण, ऐतिहासिक किल्लाहरुको सर–सफाई, डेण्टल अभियान, विद्यालयहरुमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम तथा स्थानीय तहका विभिन्‍न निकायहरुमा उत्कृष्ट सम्बन्ध कायम गरेको भनी उक्त गणलाई फोर्स हे.क्वा.बाट उत्कृष्टताको प्रतीक तथा प्रशंसा–पत्र प्रदान गरिएको हो । त्यसै गरी उक्त गणले स्थानीय व्लिदा नगरपालिकामानेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा “कृषि पोखरी तथा सार्वजनिक बगैचा”निर्माण सम्पन्‍न गरी यही मिति २०७८।०९।२८ गते युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कलको प्रमुख आतिथ्यमा उक्त नगरपालिकालाई हस्तान्तरण हुदैछ ।
३.    गणको अपरेशनल गतिविधि अन्तर्गत गत कार्तिक महिनाभरी लेवनान र ईजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेती भित्र्याउदाको दौरान उक्त गणले हालसम्मकै प्रथम पटक दुई देशविच तनावरहित वातावरणमा विगतको अनुभवबाट पाठ सिक्दै संभावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानीशसस्त्र बल तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी जैतुन बाली भित्राउने कार्यलाई सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो ।
४.    त्यसै गरी उक्त गणले आन्तरीक व्यवस्थापनमा विविध कार्य गरी अन्तराष्ट्रिय क्षेत्रमा नेपाल राष्ट्र र नेपाली सेनाको ऐतिहासिक विरासतलाई कायम राख्दै प्रतिष्ठा व्यवस्थापनमा फड्को मार्दा फोर्स हे.क्वा., सेक्टर ईष्ट हे.क्वा.तथा अन्य सरोकारवाला निकायहरुबाटविभिन्‍न समयमा मुक्तकण्ठले प्रशंसा भईरहेको छ ।
५.    यसरी गणले करीब १३ महिनाको मिशन अवधीभर अपरेशनल, आन्तरीक व्यवस्थापन, सैनिक–नागरीक सम्बन्धमा उत्कृष्ट कार्य गरी प्राप्त भएको उत्कृष्टताको प्रतीक तथा प्रशंसा–पत्रले गणका सकलदर्जाको मनोबल उच्च हुनुको साथै नेपाली शान्ति सैनिकले विश्‍वको विभिन्‍न भु–भागमा खट्टिई उदाहरणीय कार्य गर्दै नेपाल राष्ट्र र नेपाली सेनाको छवि उच्च राख्‍न सक्षम छ भन्‍ने कुरालाई पुनः एकपटक प्रमाणित गरेको छ ।



...

All Comments.......


Please Login/Register To Comments