नापित समाजको चौथौ अधिवेशन तथा बाह्रौ बार्षिक साधारणसभा


पुष २६, २०७८, सोमबार | विहान ०९:४३ बजे | 50


मध्यपुर थिमि । नेपाल नापित समाज केन्द्रीय कार्यसमितिको चौथौ अधिवेशन तथा बाह्रौ बार्षिक साधारणसभा पुस २४ गते शनिवार मध्यपुर थिमिमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्नुहुँदै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नापित समुदायको पेशा सम्वर्दन र संरक्षण तथा आधुनिककरण गर्न आवश्यक तालिमको लागि सक्दो सहयोग गर्न नगरपालिका तयार रहेको समेत बताउनुभयो । समाजका अध्यक्ष नारायण नापितको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले समाजको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मका बारेमा विविध पक्षका बारेमा प्रकाश पार्नु भएको थियो भने नेपाल नापित समाज अक्षयकोष संयोजक पुरूषोतम नापितले अक्षयकोषका बारेमा प्रकाश पार्नु भएको थियो ।
सभामा नापित समुदायका ४० जना भिमरथारोहण गरेको जेष्ठ नागरिकहरूलाई समेत विशेष सम्मान गरेको थियो । यसैबीच सोही सभाले आगामी३ बर्षका लागि राजन नापितको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचन अधिकृत प्रविण नापितले दिनुभएको जानकारी अनुसार निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष ज्ञानबहादुर नापित, महासचिव श्यामहरी नापित, सचिव राजेन्द्र नापित, कोषाध्यक्ष माधव नापितलगायतका रहेका छन् भने सदस्यहरूमा क्रमशः गोबिन्द नापित, राजेन्द्र नापित, मेलिना नापित, पबित्रा नापित, पुष्प नापित, निलकमल नापितलगायतका रहेका छन् ।

Comments