३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ हस्तान्तरण


पुष २५, २०७८, आइतबार | विहान ०९:०९ बजे | 40


३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ हस्तान्तरण

भक्तपुर । ब्लड क्यान्सर पीडित रविन तामाङलाई बचाउन सहयोगस्वरुप उठाइएको रकम आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पीडितलाई हस्तान्तरण गरिएको छ । व्लड क्यान्सर पीडित रविन तामाङ बचाउ अभियान सहयोगार्थ वृहत् साँस्कृतिक कार्यक्रम २०७८ मा संकलित रकम रु ३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ पीडितका बुबा प्रेम तामाङलाई पत्रकार सम्मेलन गरी वितरण गरिएको हो ।
रकम साँंस्कृतिक कार्यक्रमका साथै विभिन्न देश तथा विदेशबाट पनि संकलन भएको पत्रकार सुदिन लामाले बताए । सहयोग आउने क्रम अझै जारी भएको पनि कार्यक्रममा जनाइयो । कार्यक्रममा सहयोगी सवै हातप्रति कृतज्ञता प्रकट गरिएको थियो ।


Comments