एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को उदघाटन ओलीबाट
पुष २५, २०७८, आइतबार | विहान ०८:१८ बजे | 80
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को पुस ३० गते शुक्रबार राजधानीमा हुने अधिवेशनको उदघाट्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिने भएको छ ।
एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ देखि ७ सम्म नै त्यही दिन राजधानीका फरकफरक सात ठाउँंहरुमा अधिवेशन हुने जनाइएको छ । तर पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली चाहिं भौतिक रुपमा पार्टी प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को प्रथम अधिवेशनस्थल रोयल वैक्वट तीनकुने काठमाडौंमा सहभागी हुने तय भएको प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का अध्यक्ष एवं सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारीले जानकारी गराए ।
प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का सचिव नन्दकुमार राईले अधिवेशनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का प्रतिनिधि व्यवस्थापन समितिका सदस्य नवराज घिमिरेले अधिवेशनका लागि प्रदेश नं १ का प्रतिनिधिहरुको छनौट कार्य पूरा भएको जानकारी गराए ।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी पाँंच जना पदाधिकारीसहित ७५ जनाको कार्यसमिति चयन हुने छ ।