भक्तपुर एमालेको अध्यक्षमा पुनः देउजा


पुष २४, २०७८, शनिबार | दिउँसो ०१:३८ बजे | 55


भक्तपुर एमालेको अध्यक्षमा पुनः देउजा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष नै हुन् । पार्टीको शनिबार भक्तपुरमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट उनी पुनः अध्यक्षमा चुनिएका हुन् । अधिवेशनले उपाध्यक्षमा बासुदेव थापा चुनिएका छन् । उनी जिल्लाको सूर्यविनायक नगरपालिकाका मेयर हुन् । साथै सचिवमा मोहनवीर श्रेष्ठ चुनिएका छन् । उनी चाँंगुबासी हुन् । त्यस्तै उपसचिवमा मिलन सुवाल चुनिएका छन् । उनी माओवादी परित्याग गरी एमाले गएको पूर्व माओवादी नेता हुन् । साथै अधिवेशनले जिल्लामा दामोदर दंगाललगायतका चुनिएका छन् ।

Comments