देवघाटधाममा मकर–काव्य–यामिनी
पुष २४, २०७८, शनिबार | विहान ०८:४३ बजे | 120
बिराज अधिकारी
पवित्र धार्मिकस्थल,आध्यात्मिक क्षेत्र देवघाटधाम तनहूँमा अवस्थित महेश–संस्कृत–गुरुकुलम्को आयोजनामा ’मकर–काव्य–यामिनी’को १९ औँ शृङ्खला सम्पन्न हुने भएको छ ।
विसं २०६० सालबाट निरन्तर सञ्चालन भइरहेको मकर–काव्य–यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो । राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पौष महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गरेको थियो ।
विगतका केही वर्षबाट भने कार्यक्रम दुई सत्रमा सञ्चालित छ । दिवा सत्रमा समालोचना र रात्रिको सत्रमा रचना वाचन गर्ने गरी कार्यक्रमको व्यवस्थापन गरिएको छ । मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर–काव्य–यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विशिष्ट स्रष्टा एवं
साहित्यानुरागी श्रोताहरूलाई सादर निमन्त्रणा गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर–काव्य–यामिनी सफल भएको छ ।
कार्यक्रममा विशिष्ट स्रष्टा एवं साहित्यानुरागी श्रोताहरूलाई सादर निमन्त्रणा गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर–काव्य–यामिनी सफल भएको छ ।