बागमति सफाइमा सक्रिय बागमति भाइले दिए स्वास्थ्य सेवा


पुष २४, २०७८, शनिबार | विहान ०८:२८ बजे | 55


बागमति सफाइमा सक्रिय बागमति भाइले दिए स्वास्थ्य सेवा

काठमाडौं . बागमति साहित्य केन्द्र काठमाडौंको आयोजना र गौतम बुद्ध अस्पताल कोटेश्वर बालकुमारी ललितपुरको सहआयोजनामा शनिबार राजधानीमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । शिविरमा निःशुल्क रुपमा सुगर प्रेसर र पिशाबको माध्यमबाट मृर्गौला ठिक भए नभएको चेकचाँंच सुविधा दिइएको थियो । विहानदेखि १२ बजेसम्म चलेको शिविरमा करिव दुई सय जनाले सेवा पाएको आयोजक बागमति साहित्य केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठ   (बागमति भाइ) ले बताए । सुविधानगरमा भएको शिविरमा वढीजसो काठमाडौंको सुविधानगरबासीहरु सहभागी भएका थिए । साहित्य र बागमति सफाइमा सक्रिय बागमति भाइले एकल प्रयासबाट स्वास्थ्य सेवा पनि दिएको हो ।

Comments