फूटपाथ : पार्किङस्थल कि बिजनेस ?


पुष २०, २०७८, मङ्गलबार | विहान ०४:५३ बजे | 70


फूटपाथ : पार्किङस्थल कि बिजनेस ?

रस्मिता भुजेल
भक्तपुर । दिनप्रतिदिन काठमाडौं भित्रिने मानिसहरुको सङ्ख्यासंगै सटर र कोठाको भाडा पनि वृद्धि भइरहेको छ। गाउँमा ब्यापार नफस्टाउने कारणले मानिसहरु काठमाडौं तथा अन्य सहरी क्षेत्रमा गएर आफ्नो व्यापार गरेका हुन्छन् । उचित मुल्यसहितको सटरको अभावले मानिसहरु फूटपाथमा नै आफ्नो ब्यापार सुरु गर्ने गर्दछन् । परिवारलाई राम्रोसंग पाल्न र राम्रो शिक्षा दिने आशामा सहर पसेका हुन्छन् उनीहरुको एउटै मात्र लक्ष्य रहेको हुन्छ राम्रो आम्दानी गर्ने । त्यसैले उनीहरु फूटपाथमा नै आफ्नो ब्यापार ब्यवसाय सुरु गर्दछन ।ग्राहकलार्इ आफ्नो पसलमा आर्कषित गर्नको लागि अन्य पसलहरुको तुलनामा मूल्य कम राखेर बिक्री गर्दछन। यसकारण सामान किन्ने ब्यक्तिहरुको पनि घुइचो हुन्छ।

राजमार्गमा धेरै सवारीसाधनहरु भएका कारण र तिब्र गतिका सवारी साधनबाट बच्न र  फुटपाथ बनाइएको हो । तर फूट्पाथ सर्वसाधारणको लागि हिड्ने बाटो नभई कसैको आफ्नो निजि सम्पत्ति झै प्रयोग गर्न थालेका छन् । हामीले फूट्पाथमा हिडेका मानिसका सङ्ख्या भन्दा पार्किङ गरिएका बाइक, स्कूटर, फूट्पाथ व्यापारी र उनीहरुको  सामानको सङ्ख्या बढी देख्न सकिन्छ। यसो हेर्दा फूट्पाथ ,फूट्पाथ नभइ बिजिनेसपाथ र पार्किङ्पाथ जस्तो देखिन्छ। त्यति मात्र नभइ घर बनाउदै गरेकाले इट्टा, बालुवा, गिट्टी तथा अन्य निर्माण सामाग्री राख्ने स्थल पनि त्यही फूटपाथमा नै राखेको हुन्छ । कहिलेकाही त फूट्पाथ कुनै निजि ब्यक्तिको सम्पत्ति हो  र हमीलाइ कहिलेकाही हिंड्न दिएको जस्तो मात्र लग्छ।
[[img2]]                    
ठुल्ठुला समस्याहरुतिर मात्र नगरपालिका र अन्य सम्बन्धित स्रोतको ध्यान गइरहेको छ । तर यस्ता समस्या जुन हेर्दा सानो छ तर वास्तवमा नै यसले मानिसका निजि जिवनलाइ सकस पुरयाइरहेको हुन्छ। त्यसैले सम्बन्धित निकायले फूट्पाथ नभएको ठाउमा सम्भावना अनुसार बनाउने र भएको ठाउमा उचित प्रयोग गर्न लगाउनुपर्छ। फूट्पाथमा निजि स्रोतको हस्तक्षेपले स्वदेशी मात्र नभई विदेशीहरुलाइ पनि असर पर्दछ । जसको करण उनीहरुले देशको नीति तथा ब्यवहार सजिलै पहिल्याउन सक्छन । त्यसैले फूट्पाथले कुनै एक क्षेत्र  मात्र नभई पूरा देशलाइ नै प्रस्तुत गरिरहेको हुन्छ।
                       
यस्ता समस्याहरु सरकारको मात्र प्रयासले समाधान हुदैन। किनभने फूट्पाथमाथी हस्तक्षेप गर्ने,व्यापार ब्यवसाय गर्ने,र पार्किङ गर्ने हामी सर्वसाधारण ब्यक्तिहरु हुन् जसलाई फूट्पाथको आवश्यकता पर्दछ । यदि हामी स्वयं सचेत र सजक रहि फूट्पाथलाइ हिड्नको लागि मात्र प्रयोग गर्यौ भने  नगरपालिका तथा अन्य सम्बन्धित निकायलाई कुनै पनि कदम चाल्नुपर्दैन अथवा सिर्जना नै हुदैन। फूट्पाथ भनेको सबैका लागि हो त्यसैले यसको प्रयोग सबैले गर्न पाउनुपर्छ।सहरमा दिनप्रतिदिन  सवारिसाधनको संख्या वृद्धि भैरहेको छ तर पार्किङ गर्ने स्थल भने कमि छ त्यसैले मानिसहरु फूट्पाथमा नै पार्क गर्न बाध्य हुन्छन।आशा छ कुनै दिन ब्यापारी र पार्किङ गरिएको फूट्पाथ नभई पैदल यात्रीले प्रयोग गरेको फूट्पाथ हेर्न पाईनेछ।               
                                  

फाेटाेमा हेर्नुहाेस्...

फूटपाथ : पार्किङस्थल कि बिजनेस ?

Comments