बिद्यालयलाई सहयोग हस्तान्तरण गर्दै


पुष १९, २०७८, सोमबार | दिउँसो ०३:०५ बजे | 65


बिद्यालयलाई सहयोग हस्तान्तरण गर्दै

सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका वार्ड नम्बर ९ भैसेस्थित रहेको श्री पाँचकन्या आधारभुत बिद्यालयलाई अफिसको लागी फर्निचर हस्तान्तरण गर्दै सहयोगी हातहरु ।  सामुदायिक बन उपभोक्ता माहासङ नेपाल सुनकोशी गाउँपालिका माहासङ समिती अध्यक्ष ढक प्यकुरेल बाट रु ७००० हजार, शिक्षाप्रेमी एबम समाजसेबी देबिजङ पान्डेको नातिनी  नारायणजङ पान्डेको छोरी कविता पान्डेबाट रु ५००० हजार दिपक खरेलबाट रु ३००० हजार जम्मा रु १५००० हजार रुपैया बराबरको सहयोग हस्तान्तरण गर्नुभयेको छ । फिस कोठाको झ्यालको सिसा, पर्दा अफिसको लागि एक थान, टेबुल एक थान कुर्सी बिद्यालय प्रधानाध्यापिका सुनिता कोइराला नेपाललाई सहयोगीदाता कविता पान्डे जीउले हस्तान्तरण गर्नुभयो । भुकम्पपछि भौतिक संरचना र फर्निचरहरुको उचित बेबस्थापन नभएको कारण हाल सहयोगी दाताहरुलाई सहयोगको लागी अपिल गर्नुपरेको दुखेसो व्यक्त गर्दै सोही बिद्यालयको प्रधानाध्यपिकाले  बताउनुभयो । यो बिद्यालयलाई माया गरेर सहयोग प्रधान गर्नु हुने दाताहरुप्रति आभार प्रकट गर्दै धन्यवाद प्रधान गर्नुभयो ।

Comments