सल्लाघारी केएमसीका विद्यार्थी धर्ना जुलुशमा
पुष १९, २०७८, सोमबार | विहान ११:४४ बजे | 60
कलेजले लुटतन्त्र मच्चाएको भन्दै काठमाडौं मेडिकल कलेजका सल्लाघारी भक्तपुरका विद्यार्थी एक महिनादेखि निरन्तर धर्ना जुलुशमा छन् । कलेजको गेट अगाडि जुलुश गरी उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।
[[img2]]
कलेजले मनलागी शुल्क लिएको भन्दै लुटतन्त्र खारेज हुनुपर्नेलगायतका माग उनीहरुको छ । सरकारले निर्धारण गरेको शुल्क भन्दा वढी शुल्क लिएर मनोमानी शुल्क लिएर लुटतन्त्र मच्चाएको आरोप विद्यार्थीको छ ।
[[img4]]
कलेग गेट अगाडि विभिन्न नारा लेखिएको व्यानरहरु उनीहरुले टाँंगेका छन् । कलेटको गेटको उल्टो दिशामा बसेर व्यानर भुइमा राखेर उनीहरु आन्दोलनरत छन् । आन्दोलनरत विद्यार्थीलाई कलेजले धम्की दिएको भन्दै उनीहरुले त्यसको पनि विरोध गरेका छन् ।
केएमसी कलेज भक्तपुरको सल्लाघारी बस स्टपबाट करिव एक किलोमिटर भित्र दुवाकोट जाने बाटोमा रहेको छ । यो कलेजको नजिकै केएमसी अस्पताल पनि रहेको छ । [[img3]]
विद्यार्थीको आन्दोलनमा त्यहाँं रहेका सात वटै विद्यार्थी संगठनको समर्थन रहेको धर्नामा सहभागी विद्यार्थीले बताए । कलेजले धम्की दिने कारण आफूहरुको नाम नलेख्न अनुरोध गर्दै उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
फाेटाेमा हेर्नुहाेस्...