व्युटिसियन महतको 'हेल्थ एण्ड व्युटी’ पुस्तक सार्वजनिक


पुष १९, २०७८, सोमबार | विहान ०३:१४ बजे | 50


व्युटिसियन महतको 'हेल्थ एण्ड व्युटी’ पुस्तक सार्वजनिक

काठमाडौं : व्युटिसियन लक्ष्मी महतको ‘हेल्थ एण्ड व्युटी’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा एक समारोहका बीच महतको पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा प्रमुख अतिथि सिटिईभिटीका पूर्व सदस्य सचिव गोविन्द गजुरेल लगायतले पुस्तक लोकार्पण गरेका हुन् ।  

गजुरेलले सौन्दर्य पेसामा फेसियल भ्यालुले महत्व राख्ने भएकाले सौन्दर्यकलामा सौन्दर्य चेतनाको आवश्यक हुने बताए । पुस्तक प्रकाशनका लागि सृजनशिलताको आवश्यक रहेको बताए । पुस्तक लोकार्पणका क्रममा महतले सौन्दर्य कार्य सम्वन्धि सिकाई पुस्तक तयार हुन ४ वर्ष समय लागेको बताइन् । पुस्तक तयार हुनेबेला सम्म थुप्रै आरोह अवरोह खेप्दै पुस्तक तयार भएको महतले बताइन् ।

लायन्स क्लब इन्टरनेशनलका पूर्व गभर्नर मधुकर उपाध्यायले पुस्तकको विषयमा चर्चा गरे । उपाध्यायले लोकार्पित पुस्तकले मुलुकभर सौन्दर्य व्यवसाय गर्न चाहने र सौन्दर्यकला सिक्न चाहने विद्यार्थीहरूका लागि उपयोगी हुने बताए । टिआईटिआईका डाइरेक्टर महेश्वर भट्टले सौन्दर्यकलालाई मर्यादित बनाउनु पर्ने बताए । उनले विनासाधना पुस्तक तयार गर्न नसकिने हुनाले अथक मिहेनत र परिश्रमले जन्मिएको पुस्तकले भर्खरै सौन्दर्यकला सिक्न चाहनेहरुले घरमै बसेर अध्ययन गरेरै सिक्न सकिने बताए ।

न्यु लुक्स कस्टमेटिकका फाउण्डर विश्व किरण जैन, बालाजु स्कुल अफ ईन्जिनियरिङ सिटीईभिटीईका गुणानन्द झा, बाग्मती प्रदेश सिटीईभिटीईका प्रमुख तौलेन्द्र आचार्य, सिटीईभिटीईकी को–अर्डिनेटर राजेश्वरी श्रेष्ठ लगायतले महतलाई शुभकामना व्यक्त गरेका थिए । पुस्तकका लेखक महत सौन्दर्य विज्ञ तथा सिटीईभीटी का सीप परिक्षण मुल्यांकनकर्ता हुन् ।

Comments